१० चैत, काठमाडौं ।
नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागिसमेत संघ तयार रहेको बताएका छन् ।
साथै, व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।