Home / Feature Breaking news / फ्रान्सबाट आएका एक नेपालीमा कोरोना पोजेटिभ देखियो

फ्रान्सबाट आएका एक नेपालीमा कोरोना पोजेटिभ देखियो

काठमाडौं ।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।

उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । गत साताको मंगलबार नमुना संकलन गरेको थियो ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*