Home / Feature Breaking news / त्रिभुवननगर जेसीजद्वारा सात लाख बढीको खाद्य सामग्री सहयोग

त्रिभुवननगर जेसीजद्वारा सात लाख बढीको खाद्य सामग्री सहयोग

दाङ,२ बैशाख ।

त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा समस्यामा परेका दैनिक मजदुरी गरि खाने मजदुर,अति बिपन्न परिवारहरुलाई सात लाख बढीको खाद्यान्न सहयोग गरेको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई त्रिभुवननगर जेसीजको पहलमा संकलित ७ लाख ४४ हजार आठ सय रुपैयाँको खाद्यान्न सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका वडा न १३,१४,१५ र १६ का १७ स्थानमा अति बिपन्न परिवारलाई चामल, दाल, नुन, तेल, बेसार र हातधुनलाई साबुन सहयोग गरेको त्रिभुवननगर जेसीकाका महासचिव मिनराज भाटले जानकारी दिएका छन ।

उनका अनुसार जेसीजले घोराही उपमहानगरपालिकाको समन्वयमा तीन लाख ५७ हजार ६ सय मुल्यको ७ हजार ४ सय ५० केजी चामल, दुई लाख १७ हजार ८ सय मुल्यको १ हजार ८ सय १५ किलो दाल,एक लाख २१ हजार मुल्यको ६ सय ५ लिटर खाने तेल,२४ हजार दुई सय मुल्यको १ हजार दुई सय १० प्याकेज साबुन, १२ हजार एक सय मुल्यको ६ सय ५ किलो नुन र १२ हजार एक सय मुल्यको ६ सय ६ किलो बेसार अति बिपन्न परिवारलाई विभिन्न गरेको बताए

जनप्रतिनिधिको सहयोगमा घोराही उपमहानगरपालिका वडा न १३ का दुर्गा भवानी टोल बिकास सस्था र मौलाकोट जेसीजग्राम टोल, १४ को खगेन्द्र नवजीवन केन्द्र झिग्रौरा,खोलीगाउँ टोल र जागृत टोल, घोराही-१५ का सिर्जना टोल,नमूना टोल,गोरक्ष टोल, नयाँ गोरक्ष टोल,एकता टोल,थारु गल्ली टोल,झोलुङ्गे पुल टोल र भीमसेन टोल र घोराही-१६ को विविध टोलमा जेसीजले खाद्यान्न सामग्री सहयोग गरेको त्रिभुवननगर जेसीजका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिएका छ्न ।

त्यसै गरि अन्य समस्यामा परेका ब्यक्तिहरुलाई समेत सहयोग गरेको जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*