दाङ, ६ असार । दाङको घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले आज शुक्रवार रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सञ्चालनमा ल्याएका विभिन्न गतिबिधिबारे विद्यालयमा पुगेर जानकारी दिने उद्देश्य अनुसार विलियम शेक्सपियर अंग्रेजी विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई जानकारी गराइएको हो ।
कार्यक्रममा संस्थाले सञ्चालनमा ल्याएका विभिन्न योजनाका बारेमा संस्थाका ब्यवस्थापन प्रमुख शिवराज खनालले जानकारी गराएका थिए । संस्थाले विद्यालयमा थालेको अभियानका बारेमा संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माले प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारी, विद्यालय ब्यवस्थान समितिका अध्यक्ष गोपाल खनाल, सिसासगुन बचत तथा ऋण सहकारी संस्थाका सह—ब्यवस्थापक प्रकाश अधिकारी, ऋण उपसमिति संयोजक ध्रुवराज पौडेल, सदस्य माधव खनाल, शिक्षक मदन घिमिरे लगायतकाले बोलेका थिए ।
आफ्ना नियमित कार्यक्रम संगै सिसासगुनले समाजिक क्रियाकलापमा पनि सहयोग गर्दै आइरहेको छ । संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पू¥याउन सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना, युवाहरुलाई स्वरोजगार बन्न सस्तो ब्याजमा कर्जा प्रवाह, गाउँतहमा पुगेर सहकारी अभियान, रक्तदान कार्यक्रम शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।