Home / Feature Breaking news / पहाडी क्षेत्रका जिल्ला अस्पतालकाे स्वास्थ्य सेवा सुदृढ गर्नु मन्त्रायकाे प्राथमिकता ः मन्त्री खनाल

पहाडी क्षेत्रका जिल्ला अस्पतालकाे स्वास्थ्य सेवा सुदृढ गर्नु मन्त्रायकाे प्राथमिकता ः मन्त्री खनाल

पाल्पा ६ असाेज
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशका पहाडि जिल्लाकाे स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने कार्यलाई प्राथमिक्तामा राखेर काम गरिरहेकाे बताउनु भएकाे छ । पाल्पा अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकाे अनुगमण पछि आयाेजित छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्य मनत्री खनालले पहाडि जिल्लाकाे सवास्थ्य सेवा प्रभावकारि बनाउन थप सुविधा दिएर भए पनि चिकित्सक पठाउने नीति सरकारले ल्याएकाे जानकारि दिनुभयाे ।
चिकित्सक पुर्याउन मन्त्रालयले करारमा  भए पनि जनशक्ती ब्यबस्थापन गर्ने मन्त्री खनालले बताउनु भयाे । उहाँले उपचारका लागि आबश्यक उपकरण मर्मत गरेर भए पनि प्रयाेगमा ल्याईने  र नबन्ने भए खरिद गरेरै भए पनि न्यूनतम उपकरण ब्यबस्थापन गर्ने प्रयत्न भएकाे बताउनु भयाे । अस्पतालमा अाबश्यक जनशक्ति र कार्यरत जनशक्ती एवँ उपकरण काे अबस्थाकाे बारेमा मन्त्रालयमा मागगर्न निर्देशन दिनु भयाे । पाल्पा अस्पतालकाे बिस्तारका लागि थप जग्गाकाे ब्यबस्थापन गर्न आबश्यक देखिएकाे बताउनु भयाे । स्वास्थ्य निर्देशक डा. बिनाेद गिरीले भएकै श्राेत प्रयाेग गरि अधिक्तम सेवा दिनुपर्ने अबस्था भएकाे बताउनु भयाे । कार्यक्रममा पाल्पाका राजनितिक दलले अस्पतालके पूर्वाधार, उपकरण र  जनशक्ति ब्यबस्थापन गरिदिन आग्रह गर्नु भएकाे थियाे ।
उहाँहरूले पाल्पा अस्पतालकाे जग्गा ब्यबस्थापनमा पहल गरिदिन पनि आग्रह गर्नु भयाे । पाल्पामा स्वास्थ्य विमा कार्यक्रम जिल्ला अस्पतालमा मात्रै विमा कार्यक्रम चलिरहेकाले दैनिक ५ सय भन्दा बढि उपचारका लागि आउने गरेकाे अस्पताल ब्यबस्थापन समितिले जननयकाे छ । नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापती समेत रहनु भएका स्वास्थ्य मन्त्री राजु खनालले नेपाली कांग्रेस पाल्पाले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टिका विभिन् तहमा बसेर काम गरेकाले पार्टीका लागि सरकारले गर्नुपर्ने दायित्वबारेमा आफू जानकार रहेकाे बताउनु भयाे । उहाँले पार्टि सरकारमा रहेकाे बेला गरेका कामकाे बारेमा तल्लाे तहका नागरिक सम्म पुर्याउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे । विमालाई अन्य अस्पतालमा पनि बिस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्री समेत रहेका पार्टिका प्रदेशे उपसभापती खनालले बताउनु भयाे ।
कार्क्रमका सहभागिहरूले पार्टिकाे नीति, कार्यकर्ताकाे भावना अनुसार सरकारले काम गर्नुपर्नेमा जाेड दिएका थिए । उनीहरूले स्वास्थ्य विमा कार्क्रमलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए । महिला लक्षित स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न पनि नेता कार्यकर्ताकाे आग्रह थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*