Home / Feature Breaking news / खुकुरी प्रहारबाट दाङमा एक महिलाकाे मृत्यु, दुई जना गम्भीर घाईते

खुकुरी प्रहारबाट दाङमा एक महिलाकाे मृत्यु, दुई जना गम्भीर घाईते

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८।३९ वर्षिय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२।४३ वर्षिय रिता लामिछाने रहेकी छिन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै सोही ठाउँ बस्ने ४५ वर्षिय बिर बहादुर हमाल र अन्दाजी ६५ वर्षिय कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ ।

डसाथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई निजकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।
खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*