Home / Feature Breaking news / कोरोना भाइरस चमेराबाट नसरेको विज्ञहरु भनाई

कोरोना भाइरस चमेराबाट नसरेको विज्ञहरु भनाई

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चमेरोबाट नसरेको विज्ञहरुले बताएका छन् ।
दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा चमेरोविज्ञले  चमेरोका कारण कोभिड-१९ नफैलिएको जनाउँदै यसको खण्डन गरेका हुन् ।
यो भाइसर सार्स-कोभ-२ भन्दा फरक भएको हुँदा चमेराबाट कोरोना नफैलिएको उनीहरूले दाबी छ ।
हालसम्म सार्स-कोभ-२ को उत्पत्ति कहाँबाट भयो भन्ने अज्ञात नै छ र यसका लागि चमेरो वा अन्य कुनै जनावरलाई दोष दिइनु गलत भएको उनीहरु बताँछन् ।
बंगलोरको इन्डियन इन्स्टिच्युट अफ साइन्सअन्तर्गत वातावरण विज्ञान केन्द्रका प्राज्ञ हरीश प्रकाशका अनुसार चमरोबाट कोरोना संक्रमण फैलिएको भनेर आशंकाकै भरमा यसरी चमेरो बस्ने ठाउँ बिगार्दा उनीहरूले अरु नै  भाइरस फैलने खतरा हुने बताउँछन् ।
सबै जीवजन्तुमा कुनै न कुनै भाइरस हुनाले यसरी चमेरोलाई मात्र दोष दिनु गलत भएको उनी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*