Home / खेलकुद / बाग्लुङकी बसन्ती बुढामगर च्याम्पियन

बाग्लुङकी बसन्ती बुढामगर च्याम्पियन

दाङ,१० असोज । चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बाग्लुङकी बसन्ती बुढा मगर च्याम्पियन भएकी छिन । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न भएको च्यम्पियनसिपमा बसन्ती बुढा मगरले प्रथम स्थान हासिल गरेकी हुन ।

प्रतियोगिता काठमाडौकी पुजा खुलाल मगर दोस्रो र पाल्पाकी निश्मा बस्याल तेस्रो भएकी हुन । पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमा बाग्लुङ निवासी बसन्ती बुढा मगरले ३१.५ अंक प्राप्त गर्दै च्याम्यिन भएकी हुन । त्यसैगरी पुजा खुलाल मगरले २९ अंक र निश्मा बस्यालले २७ अंक प्राप्त गरेर क्रमश दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन।

नेपाल आईटिएफ तेक्वान्दो महासंघका रेफ्री चेयरमेन प्रबिनकुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तरास्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरि भिडियो कन्फेरेन्समार्फत नतिजा सार्बजनिक गरिएको प्रतियोगिता संयोजक तथा रोल्पा आईटिएफ तेक्वान्दो संघको अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन ।

प्रतियोगितामा देशभरका १ सय २३ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । समापनका प्रमुख अतिथि नेपाल आईटिएफ तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एसिया आईटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो आईटीएफ महासंघका सदस्य समेत रहेका अन्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउन मद्धत गरेको बताएका थिए ।

साथै उनले खेल बिकासमा पनि यस्ता प्रतियोगिताहरुले मद्धत गर्ने बिश्वास व्यक्त गरेका थिए । पछिल्लो समयमा कोरोना भाइरसको माहामारी बढिरहेको अवस्थामा खेल आयोजनाले खेलाडीहरुले घरबाटै पनि आत्म तयारी गरि खेल कौशललाई अगाडि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक बाठामगरले जानकारी दिए।च्याम्पियनसिपमा पहिलो हुने १२ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ६ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।

उक्त च्याम्पियनसिपमा परिवर्तन गाउँपालिका २ राङ्सी भल्तुङ निवासी रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार समेत रहेका रोशन केसीले सुरुमा प्रथम हुनेलाई ७ हजार , दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई तीन हजार पुरस्कार दिने निर्णय गरेमा पछि थप गरिएको थियो भने पछि रोल्पा आईटिएफ तेक्वान्दो संघले बिशेष महिला खेलाडीहरुलाई थप हौसला र उर्जा दिन महिला खेलाडीलाई हौसल्ला बढाउनका लागि पुरस्कार रकम थप गरेको संघका सचिब कृष्णप्रसाद बाठा मगरले जानकरी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*