Home / Feature Breaking news / झन्डै ८ किलो चरेससहित दाङमा दुईजना पक्राउ

झन्डै ८ किलो चरेससहित दाङमा दुईजना पक्राउ

दाङ,२४ माघ। दाङ प्रहरील लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम जिल्ला भुमे गाउँपालिका ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका नयाँ वसपार्कमा बस्ने ५० वर्षीय दलबहादुर कामी र रुकुमको भुमे गाउँपालिका ९ कै हाल घोराही उपमहानगरपालिका १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

आइतबार राति साढे ११ बजेतिर दलबहादुरको कोठाबाट ७ किलो ७७९ ग्राम लागु औषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

कोठामा लुकाएर चरेस राखेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले प्लास्टिकको बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा टुक्रा बरामद गरेको छ । पक्राउ परेका कामी र पुनको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*