Home / Feature Breaking news / दाङमा खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने

दाङमा खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने

दाङ,२५ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०७८’ हुने भएको छ ।

नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैया पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहबाट एक–एक भलिवल टिमले सहभागीता जनाउन पाउनेछन् ।

साथै प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार समेत व्यवस्था गरिएको छ ।उनले खेल क्षेत्रको विकाससँगै प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि पालिकाहरुले दश सदस्यीय भलिबल टिममा दुई जना राष्ट्रियस्तरका खेलाडीहरुलाई बाहिरबाट ल्याएर सहभागी गराउन पाउने व्यवस्था गरिएको बताए ।

प्रतियोगितालाई भव्य बनाउनका लागि स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको मंगलवार घोराहीमा बसेको बैठकले प्रचारप्रसार, खेल फिल्ड व्यवस्थापन,खेलकुद सामग्री तथा प्राविधिक सहयोग विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

आयोजकले प्रतियोगिताका लागि नेपाली कांग्रेस दाङको मेल nepalicongressdang91@gmail.com मा र ०८२–५६०२२९ मा सम्पर्क गर्न समेत सवैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*