Home / Feature Breaking news / कांग्रेस लुम्बीनीकाे प्रवक्तामा प्रचण्ड न्याैपाने

कांग्रेस लुम्बीनीकाे प्रवक्तामा प्रचण्ड न्याैपाने

दाङ, २२ चैत
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रवक्तामा प्रचण्ड विक्रम न्याैपाने (गुन्टु) मनाेनित हुनुभएकाे छ ।

आज मंगलबार बसेकाे प्रदेशकाे बैठकले न्याैपानेलाई प्रवक्तामा मनाेनयन गरेकाे हाे । उहाँ काङ्ग्रेसकाे १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेशको सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

साथै आजकाे बैठकले उनलाई चुनाव प्रचार प्रसार समितिको समंयोजकमा पनि नियुक्त गरेकाे छ । नेविसंघकाे केन्द्रिय सहमहामन्त्री, त्रिचन्द्र क्याम्पसकाे नेविसंघ सभापति, त्रिचन्द्र क्याम्पसकाे स्ववियू सदस्य हुदै सचिव भएर काम गर्नुभएकाे थियाे । न्याैपाने दाङकाे घाेराही उपमहानगरपालिका वडा नं.१२ हापुर निवासी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*