Home / Feature Breaking news / घोराही–२ का वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण

घोराही–२ का वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण

दाङ, ८ असार । दाङमा थप एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको हो ।

उनको जेठ २४ गते स्वाव संकलन गरिएको थियो । त्यसैगरी वडा नं. २ अन्य थप २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । सोमवार कोरोना संक्रमित हुनेमा वडा नं. ३ का २ जना, वडा नं. ५ का १ जना र वडा नं. ६ का ७ जना रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

योसँगै घोराहीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ भने जिल्लामा २ सय ८५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*