Home / Feature Breaking news / कुन जिल्लामा कति थपिए कोरोना संक्रमित

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।  जसमा मोरङका ४ महिला र ४ पुरुष, सप्तरीका २ जना पुरुष रहेका उनले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएका छन् । जसमा झापाका २ महिला र एक पुरुष ,मोरङका २ महिला र २ पुरुष रहेका छन् । गजेन्द्र नारायणसिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ११ पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक महिला ९ पुरुष, महोत्तरीका एक पुरुष र सप्तरीका २ पुरुष गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २८३ जनामा कोरोना पुष्टि भएका छन् । जसमा अछामका २ जना पुरुष अर्घाखाँचीका २ महिला र ७ पुरुष,बैतडीका एक महिला र १३ पुरुष,डडेलधुरामा २ महिला र ५ पुरुष,डोेटीका ४ महिला र ३ पुरुष,गुल्मी एक पुरुष, जाजरकोटका एक पुरुष,कैलालीका एक महिला र ५७ पुरुष,नवलपरासीका एक महिला र ४ पुरुष,सलार्हीका ८ महिला र ३९ पुरुष,सिन्धुपाल्चोकका २ महिला, सिरहाका ४ महिला र १९ पुरुष, स्याङ्जाका एक महिला र १९ पुरुष,पाल्पाका १० पुरुष,प्युठानमा १० महिला र १९पुरुष, रौतहटकका १ महिला र ३३ पुरुष,रुपन्देहीका ३ महिला र ६ पुरुष रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ पुरुष, नवलपरासी पुर्वका एक महिला र १५ पुरुष गरी जम्मा २१ जनामा कोरोना पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ओखलढुङ्गाका एक पुरुष, गुल्मीका ६ महिला र ३५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एक पुरुष,तनहुँका एक महिला र १० पुरुष गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा नवलपरासी पुर्वका ८ पुरुष, स्याङ्जाका २ महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका  एक महिला र १३ पुरुष, पाल्पाका १५ महिला र ६५ पुरुष,रुपन्देहीका ३ पुरुष,प्युठानका ६ पुरुष गरी १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठान गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा दाङ्का एक महिला र १२ पुरुषमा रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरे । उनले भने “पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिनेमा ७४ जना महिला र ४६१ जना पुरुष रहेका छन् ।”

उनका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसको संक्रमण मुक्तभएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण नौँ हजार  ५६१ जनामा देखिएको  छ । जसमा ८९४ जना महिला र आठ हजार ६६७ जना पुरुष रहेका उनले जानकारी दिए  । एक जिल्ला रसुवा बाहेक अन्य ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट २३ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*