Home / Feature Breaking news / बबईको प्राथमिकतामा ‘कृषि र स्वास्थ्य’

बबईको प्राथमिकतामा ‘कृषि र स्वास्थ्य’

देवी भण्डारी
दाङ, ८ असार ।बबई गाउँपालिकाले कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योग मार्फत विकासको आधार तयार गर्नेे निती ल्याएको छ । बबइ गाउँपालिकाको सातौ गाउँसभामा नयाँ आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक निती कार्यक्रम सोमवार सावर्जनिक गर्दै अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिकाले कृषिको यान्त्रीकरणका लागि कृषि उपकरण खरिद गर्न निश्चित प्रतिशत नगद अनुदान उपलब्ध गराउने एक वडा एक उत्पादनको नीतिलाई प्राथमिकता राखेको वताए ।

कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन ग्रीन हाउस, भण्डार गृह र साना सिँचाइ संरचनाहरू निर्माण गरिन, कोभिड १९ को महामारीबाट प्रभावित कृषकहरुको जीविकोपार्जन सुधार, विदेशबाट रोजगारी गुमाई फर्किएका युवाहरुलाई कृषिमा रोजगारी प्रदान गर्न एवं उत्पादन बृद्धि का लागि विशेष कार्यक्रम ल्याईने उल्लेख छ ।

किसानलाई कृषि पेशाामा आत्मनिर्भर गराउन र कृषि उत्पादकत्व वृद्धिका लागि आधुनिक कृषि औजारहरुको व्यवस्था गरिने छ । साथै कृषि उत्पादनलाई वजारसम्म पु¥याउनका लागि कृषि वजारको व्यवस्था गरिने निती कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरेर गाउँपालिकामा कृषिसंग सम्वन्धीत उद्योगहरु स्थापनाको लागि प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा गरिने उल्लेख छ ।

कृषिमा आत्मनिर्भर बनाउन भैसीपालन, वाख्रापालन, वंगुरपालन, कुखुरापालन, मौरीपालन र फलफूल खेती कार्यलाई प्रोत्साहित गरिने कार्यक्रम संचालन गरिने, साथै धान, मकै र गँहु उत्पादन वृद्धिका कार्यक्रम संचालन गरिने पालिकाले जनाएको छ । वडा नं. १लाई वेसार उत्पादन, वडा नं. २ लाई मौरीपालन, वडा नं. ३ लाई बाख्रा पालन, वडा नं. ४ लाई दुध तथा मासु, वडा नं. ५ लाई बाख्रापालन, वडा नं. ६ लाई फलफूलखेती, वडा नं. ७ लाई तरकारीखेती को पकेट क्षेत्र वनाईने निती कार्यक्रममा छ ।

कृषकहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि “पालिका कोशेली घर” ( प्रर्दशनी तथा विक्रि कक्षा ) संचालनमा ल्याईने अध्यक्ष पौडेलले बताए । सवै ग्रामिण स्तरका कृषकलाइ पशुस्वास्थ्यको पहँुचमा पु¥याउन सवै वडामा नि शुल्क पशुसेवा शिविर सँचालन गरिने, जुनोसिस रोगबारे विद्यालय शिक्षा कार्यक्रमलाई शिक्षा शाखाको समन्वयमा सवै विधालयहरुमा सञ्चालन गरिने भएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने सडकहरु स्तर उन्नती गरि आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गरिने छ । गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गरिने, आगामी २ बर्ष भित्र बबई गाउपालिकाका सम्पुर्ण घरहरुमा शुद्ध खानेपानी को ब्यबस्था गर्न “एक घर एक धारा” को नीति अबलम्बन गरिने भएको छ ।

त्यसैगरेर सबै वालवालिकालाई आधारभूत तहसम्म अनिबार्य र निःशुल्क तथा माध्यमिक तह सम्म निःशुल्क शिक्षा प्रदान गर्ने संबैधानिक ब्यबस्थालाइ पूर्ण रुपले कार्यान्वयन गरिनेछ । . जनकल्याण मावि पदमपुरको प्राविधिक तथा ब्यवसायिक धारलाई कक्षा ९ – १२ सम्म सञ्चालन गर्न योजना बनाइनेछ र उक्त विद्यालयमा मानविकी तथा ब्यबस्थापन संकायको कक्षा ११—१२ सञ्चालनमा सहयोग गरिने, गाउँ शिक्षा गुरुयोजना तयार गरी शिक्षा क्षेत्रलाई व्यवस्थित गरिने भएको छ ।

कोभिड–१९ उन्मुलन नहुँदा सम्म विद्यालयमा शिक्षक–विद्यार्थी विचको भौतिक दुरी कायम गरी पठनपाठनको व्यवस्था गरिने र विद्यालयमा प्रवेश गर्दा विद्यालय परिवारले सावुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने र माक्सको प्रयोग गर्ने प्रयोजनको लागि आवश्यक सहयोग गरिने छ ।

कोरोना माहामारी उन्मुलन नहुँदा सम्म विद्यार्थी धेरै भएका विद्यालयहरुमा १÷१ जना स्वास्थ्य कर्मीहरुलाई नियमित रुपले विद्यालयमै हाजिर भई सहयोग गर्न व्यवस्था मिलाईने छ ।

‘उज्यालो बबई” को नीतिलाई सार्थकता प्रदान गर्न आगामी २ वर्ष भित्र बबई गाउँपालिकाका सवै वस्तीहरुमा विद्युत सेवा उपलव्ध गराईने भएको छ । सुचना तथा संचार क्षेत्रको प्रर्वधन र विकासका लागी स्थानीय एफ.एम. रेडियो , पत्र पत्रिकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिने भएको छ ।

स्वास्थ्यमा सबैको पहुचका लागी ‘एक वडा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र’को सवलीकरण गरिने र पञ्चकुले स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिने निती कार्यक्रममा उल्लेख छ । . खुला स्थानहरुको संरक्षण र विकास गर्दै कम्तीमा ‘एक वडा एक पार्क’ को कार्यक्रम लागू गरिने छ । सार्वजनिक जग्गाको अतिक्रमण रोकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*