Home / Election / प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी विजयी

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी विजयी

 

कैलाली,२६मंसिर

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपा नेपालका उमेदवार रेशमलाल चौधरी विजयी भएका छन् । कैलालीको टीकापुर घटनाका मुख्य दोषी भन्दै प्रहरीको फरार सूचीमा रहेका उनी भारी मतअन्तरले विजयी भएका हुन् ।

उनले जम्मा ३४३४१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मदनकुमारी शाहले १३४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत प्राप्त गरेकी थिइन् ।
कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ ।

कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।

कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन आफूले कुरिरहेको बताए ।

‘उहाँ आफै उपस्थित हुनुभयो भने हातैमा दिने, हुनु भएन भने हुलाकबाट पठाइदिने वा निर्वाचन आयोगलाई नै प्रमाणपत्र बुझाइदिने विकल्प छ,’ भुसालले भने, ‘के गर्ने भनेर निर्वाचन आयोगको निर्देशन कुरेको छु ।’

निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल भएको हो ।

मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*