Home / Feature Breaking news / सकियो रामकथा महायज्ञ, ३१ लाख दान संकलन

सकियो रामकथा महायज्ञ, ३१ लाख दान संकलन

दाङ, ९ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा आयोजना गरिएको महायज्ञ सकिएको छ । सिद्धि विनायक संत्संग सेवा समिति दाङको आयोजनामा असोज १ देखी सुरु भएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मंगलवार सकिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान नेपाल दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को मंगलवार समापन गरिएको हो ।

महायज्ञमा ३१ लख बढि नगद दान संकलन भएको छ । मंगलवार अन्तिम दिनसम्म ३१ लाख २१ हजार ३ सय ८५ रुपैया नगद दान संकलन भएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।

जसमा प्यूठान विजुवार हाल घोराही उपमहानगरपाकिला वडा नम्बर १५ रतनपुरका बसन्तराज थापा (प्रकाश) ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्नुभएको छ ।

बसन्तराज थापा र उनको धर्मपत्नी सुशीला केसी थापाले स्व.आमा चन्द्रावति थापाको स्मृतिमा सो रकम दान गनुृभएको महायज्ञका आर्थिक समिति संयोजक केशव गिरीले जानकारी दिनुभयो । थापा परिवार यस महायज्ञमा सबैभन्दा धेरै दान गर्ने दम्पती बनेको छ । महायज्ञमा मंगलवार दाङ जिल्ला उद्योग वाणिज्य संघले २५ हजार ५ सय ५५दान गरेको छ ।

महायज्ञको मंगलवार समापन गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि महायज्ञको समापन गरिएको हो ।

आयोजक मूल समितिका सह–संयोजक सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले नमूना उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबैले भूमीका खेलेको बताउनुभयो ।

साथै यो उद्धेश्य पुरा गर्नकालागि निरन्रत रुपमा लागीपर्न सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध पनि गर्नुभयो ।

भौतिक निर्माणकालागि भन्दा पनि मानव निर्माणकालागि आयोजना गरिएको यो महायज्ञ सफल भएको उहाँले बताउनुभयो ।
महायज्ञमा महायज्ञका मुख्य वाचक एवं सिद्धि विनायक संत्सग सेवा समिति दाङका अध्यक्ष पण्डीत कोमल उपाध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, पतञ्जली योग समिति प्रदेश नम्बर ५ का प्रभारी प्रेम शाह, सह–प्रभारी शारदा पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल लगायतले मन्तव्य राख्नुभएको थियो ।

माहयज्ञका निर्देशक डा. भोलानाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।

महायज्ञको कथावाचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुभएको थियो ।

महायज्ञमा दैनिक पूजापाठ, भजनकृतन, महात्म्य, झाँकी प्रस्तुत गरिएको थियो भने महायज्ञको आकर्षणको रुपमा १ सय ८ किलाको लड्डु, १ हजार ८ कन्या पूजा र १ करोड दीप प्रज्वलन गरिएको थियो ।

धन्यवाद तथा कृतज्ञता ज्ञापन

महायज्ञ आयोजक मूल समितिले मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवाश निर्माण सहयोगार्थ घोराहीमा आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुमा आयोजक मूल समितिले धन्यवाद सहित कृतज्ञता व्यक्त गरेको छ ।

महायज्ञ आयोजक मूल समितिका संयोजक रुपा वलीको अध्यक्षतामा बसेको बैठकले महायज्ञ सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण सहयोगी संघसंस्था, व्यक्तीहरु, दानदाताहरुलाई धन्यवाद दिएको हो ।

बैठकमा महायज्ञको समीक्षा पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*