दाङ, ९ असोज
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण नगर तथा गाँउ ईकाइ समितिहरुलाई नियमीत बैठक अनिवार्य रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
क्षेत्रीय समितिको मंगलवार बसेको बैठकले नगर तथा गाँउ समितिहरुलाई नियमीत बैठक गर्न एवं प्रशीक्षण कार्यक्रमहरु गर्न निर्देशन दिएको हो ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको क्रियाशील सदस्यहरुको नामावली क्षेत्रीय समितिलाई उपलब्ध गराउनकालागि पनि गाँउ तथा नगर समितिहरुलाई अनुरोध गरेको छ ।
क्रियाशील सदस्यहरुमध्य मृत्यु भएका र पार्टी परित्याग गरेका व्यक्तीहरुको नाम समावेश नगरेर क्षेत्रीय समितिलाई उपलब्ध गराउन पन िक्षेत्रीय समितिले अनुरोध गरेको छ । बैठकले क्षेत्रीय सदस्यमा दीपा वलीलाई मनोनति गरेको छ ।
कांग्रेसका जिल्ला पूर्व सभापति विरकेशवरी गौतमको विशेष उपस्थितिमा बसेको बैठकले प्राजातन्त्रीक उद्यमी संघ घोराहीका उपाध्यक्ष मानु केसीको आमा लक्ष्मी केसी, साविक हापुर गाविसका पूर्व अध्यक्ष शोभाकर थापा, घोराही १८ का क्रियाशील सदस्य भमिलाल बिकका वुवा काले कामी, हापुर अवलडाँडाका क्रियाशील सदस्य नारायण आचार्यको आमा रामेश्वरी आचार्य, घोराही १० चारबगीयाका क्रियाशील सदस्य शोभाकर न्यौपानेको आमा ओविन्द्र न्यौपानेको अशामयी निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गर्नुभएको थियो ।