दाङ, ९ असोज
नेविसंघको संगठन सुद्धिढिकरण अभियान अन्तरगत मंगलवार दाङका दुईवटा विद्यालयहरुमा ईकाइ समिति गठन गरिएको छ ।
नेविसंघ दाङ क्षेत्र नम्बर ३ को आयोजनामा घोराही–१२ मा.वि हापुर निघुवार र घोराही–१० मा जनजागृतति मावि लमडरुवामा नेविसंघको ईकाई समिति गठन गरिएको छ ।
मावि निघुवारमा प्रताप विष्टको अध्यक्षतामा १ सय १ सदस्यीय समिति गठन गरिएको छ ।
जसको उपसभापतिमा कृष्ण विष्ट, उठा कवर, सचिवमा पूजा वली र मेनका बाठा, सहसचिवमा गीता थापा, कोषाध्यक्षमा हरिकला बाठा रहनुभएको छ ।
यस्तै मावि लमडरुवामा प्रदीप चौधरीको अध्यक्षतामा ५१ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ ।
जसको उपसभापतिमा महेन्द्र सुनार, रश्मी दर्लामी, जनकी थापा, अर्जुन बुढामगर, चीजकुमारी पुन, सचिवमा सुशीला न्यौपाने र सारदा गिरी, सहसचिवमा बर्षा वली, राजन बुढा मगर र कोषाध्यक्षमा मीरा चौधरी रहनुभएको छ ।
नेविसंघका क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षता एव नेविसंघका पूर्व जिल्ला सभापति एवं नेपाली कांग्रेस त्रिपुरका सभापति दिपक पाण्डेको प्रमुख आतिथ्य र नेविसंघका जिल्ला सदस्य निरज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुको हकहितकालागी नेविसंघले लामो समयदेखी संघर्ष गरिरहेको बताएका थिए ।
क्षेत्रीय उपसभापति अग्नी अधिकारीको स्वागत मन्तवबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेविसंघका राजेन्द्र दाहालले गर्नुृभएको थियो ।