Home / Feature Breaking news / कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिनमात्रै ५० हजार रुपैयाँ शुल्क !

कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिनमात्रै ५० हजार रुपैयाँ शुल्क !

काठमाडौ,४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सभापतिको उम्मेदवार बन्न कति शुल्क लाग्ला ?
कांग्रेसको केन्द्रीय निर्वाचन निर्देशिकाले केन्द्रीय सभापति बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकेको छ। निर्देशिकामा जिल्ला, क्षेत्र, पालिका र वडा तहका कार्यसमितिको पदाधिकारीदेखि सदस्यसम्मको मनोनयन दर्ता शुल्क तोकेको छ।

केन्द्रीय निर्वाचन निर्देशिकाविपरीत जिल्ला र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्दा नै अत्याधिक शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।

कांग्रेस पर्वत जिल्ला कार्यसमितिले जिल्ला सभापति पदमा उम्मेदवार दिनेले ५० हजार रुपैयाँ मनोनयन दर्ता गर्दा तिर्नुपर्ने निर्णय गरेको छ। जुन केन्द्रीय सभापति पदका उम्मेदवारले भन्दा २० हजार महँगो हो।

भखभचथनजबचकबलष्mब दयह बम द्द
यस्तै, पर्वतमा प्रदेश सभा क्षेत्रीय सभापति पदका उम्मेदवारले पनि तोकिएकोभन्दा धेरै शुल्क तिर्नुपर्ने भएको छ। केन्द्रीय निर्वाचन निर्देशिकाले प्रदेश सभा क्षेत्रीय सभापति बन्न उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकेको छ। पर्वतमा भने तीन गुणा बढाएर उम्मेदवारी दर्ता शुल्क १५ हजार पुर्‍याइएको छ। सभापति पदमा मात्र नभई सबै पदका उम्मेदवारको मनोनयन दर्ता शुल्क बढाएको कांग्रेस पर्वतले जनाएको छ।

कांग्रेस पर्वत जिल्ला कार्यसमितिको गत बुधबार बसेको बैठकले मनोनयन शुल्क बढाउने निर्णय गरेको हो। पर्वतका कतिपय कांग्रेस कार्यकर्ताले आर्थिक हैसियत कम भएका नेता, कार्यकर्तालाई उम्मेदवारी दिनबाटै रोक्न त्यस्तो निर्णय गरेको गुनासो गरिरहेका छन्। धनाढ्य व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी कांग्रेस पर्वतले त्यस्तो निर्णय गरेको उनीहरूको दाबी छ।

कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले भने आर्थिक हैसियत कम भएका उम्मेदवारसँग उम्मेदवारी दर्ता शुल्क नै नलिने बताए।

‘पर्वतमा १२ सय जना प्रतिनिधि छन्, उनीहरूका लागि व्यवस्थापन गर्न उम्मेदवारसँग अतिरिक्त शुल्क लिने निर्णय गरेका हौं,’ उनले भने, ‘कसैलाई उम्मेदवारी नै दिन नसक्ने अवस्थामा पुर्‍याउन खोजिएको होइन, उम्मेदवारी दर्ता शुल्क तिर्न नसक्ने उम्मेदवारसँग केन्द्रले तोकेका शुल्क पनि लिँदैनौं।’

उता, स्याङ्जामा पनि क्षेत्रीय सभापतिलगायत विभिन्न पदका उम्मेदवारलाई अतिरिक्त शुल्क तोकिएको छ। स्याङ्जामा प्रदेश सभा क्षेत्रीय सभापति पदका उम्मेदवारसँग १० हजार अतिरिक्त शुल्क लिएको छ। यस्तै, उपसभापतिका उम्मेदवारसँग ६ हजार र सचिवका उम्मेदवारसँग ५ हजार अतिरिक्त शुल्क लिएको छ। अतिरिक्त शुल्कका नाममा उम्मेदवारसँग केन्द्रले तोकेको मनोनयन दर्ता शुल्कभन्दा तीन गुणा बढीसम्म शुल्क उठाएका छन्।

कांग्रेस स्याङ्जाले पनि अधिवेशन व्यवस्थापनका लागि अतिरिक्त शुल्क लिनुपरेको जनाएको छ। जिल्ला सभापति कुमार रानाले भने उम्मेदवारको मनोनयन दर्ता शुल्कमा अतिरिक्त शुल्क थप्नमा आफ्नो कुनै हात नभएको बताए।

‘क्षेत्रीय समितिले अतिरिक्त शुल्क लगाएको हो, जिल्ला कार्यससमितिको कुनै हात छैन,’ उनले भने, ‘जिल्ला कार्यसमितिले उम्मेदवारी दर्ता शुल्क बढाउने निर्णय गरेको छैन।’

कांग्रेसको महाधिवेशन तालिकाअनुसार शुक्रबार प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि मतदान हुँदैछ भने मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेसन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*