Home / Feature Breaking news / कुलोपानी विवादमा तुलसीपुरमा गोली चल्यो, दुई जना पक्राउ

कुलोपानी विवादमा तुलसीपुरमा गोली चल्यो, दुई जना पक्राउ

दाङ, २८ जेठ । कुलोपानीको विषयमा विवाद हुँदा तुलसीपुर–८ अश्वारामा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका–८ स्थीत कुलोपानीका विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएको प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबबहादुर सिंहले जानकारी दिएका छन् ।

कुलोको विषयमा विवाद हुँदा तुलसीपुर–८ चन्द्रगन्ज निवासी वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिईसकेको डिएसपी सिंहले जानकारी दिए । उनका अनुसार प्रहरीले फाइरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ ।

भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए । एक राउण्ड गोली चलाएर मोटरसाईकलमा भागेकाका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डिएसपी सिंहले जानकारी दिएका छन् । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले कसलाई गोली हान्न खोजेको भन्ने खुल्न सकेको छैन । पक्राउ पर्ने अर्का ब्यक्ति तथा मोटरसाईकल चालक स्थानीय २१ बर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*