Home / Feature Breaking news / ४७६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार २४८

४७६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार २४८

काठमाडौं, १५ असार ।
नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् ।

जसमा ११२ महिला र ३६४ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३ कोरोना संक्रमित फेला परेका थिए ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।

कुल कोरोना संक्रमितको संख्या १३ हजार २४८ नाघेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि तीन हजार १३४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १२१  डिस्चार्ज भएका छन् । जसमा १३  महिला र १०८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख  हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५७ हजार ३६८ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ८५ कोरोना संक्रमितहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*