Home / Feature Breaking news / नारायणपुर महोत्सवको तयारी तिव्र, २ सय बढि स्टल रहने

नारायणपुर महोत्सवको तयारी तिव्र, २ सय बढि स्टल रहने

नारायणपुर, ७ माघ
नारायणपुरमा यही माघ १२ गतेदेखी सुरु हुने महोत्सवको तयारी तीव्र पारिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा माघको १२ देखी २३ गतेसम्म हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ भन्ने नाराका साथ हुने महोत्सव तयारी अन्तरगत स्टल निर्माण कार्य भईरहेको संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

महोत्सवमा २ सय बढि स्टलहरु रहने छन् । जसमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहने अध्यक्ष दाहालले जानकारी दिनुभयो । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिनुभयो ।

धार्मीक स्थल, पर्यटकीय स्थलको पहिचान तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, स्थानीय स्तरबाट उत्पादित कृषिजन्य वस्तुको विक्री वितरण एवं पबद्र्धन गर्ने महोत्सवको लक्ष्य पनि रहेको पनि सुवेदीले बताउनुभयो ।

स्थानीय उत्पादनको बजारिकरण गरि कृषि, पशुपालन र पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, स्थानिय भाषा, धर्म, साहित्य, कला, परम्परागत सीप एवं संस्कृतिको संरक्षण एवं पवद्र्धन गर्ने, यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मीक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गने महोत्सवको उद्धेश्य रहेको छ ।

यस क्षेत्रबाट उत्पादित कृष्जिन्य सामाग्रीहरुको विषयमा उपभोक्ताहरुलाई जानकारी गराई बजारिकरणमा सहयोग पु¥याउने र व्यवसायिक चेतनाको अभिवृद्धि गरि गुणस्तरीय वस्तु उत्पादन र उपभोगमा सजगता ल्याउन ग्राहक र उत्पादनकर्ताको प्रत्यक्ष भेट गराउने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, यशियार्क सबैभन्दा होची महिला हेर्न पाईने, घोडा सवारको व्यवस्था गरिने, योथ शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्रीहरुको व्यवस्था हुने संघका उद्योग उपाध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयो ।

महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्ता गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका साथ ४० रुपैया र ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराउने संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयदेखी १ सय ५० मिटर दक्षीण पश्चीममा रहेको खाली जग्गामा महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवकालागि स्टल बुकिङको भईरहेको छ । स्टल बुकिङकालागि नारायणपुर उद्योग वाणिज्य संघमा सम्पर्क गर्न संघका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*