घोराही, २८ साउन
नेपाली कांग्रेस क्षेत्र न. २ को आयोजनामा नेपाली कांग्रेसका पूर्व सभापति, नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा संविधानका पिता स्व.सुशील कोईरालाको ८६ औँ जन्म जयन्ती मनाईएको छ ।
कोईरालाको जन्म जयन्तीको अवसरमा घोराही उपमहानगरपालिका ७ मा रहेको माता पवित्रादेवी सांगवेद विद्यालय उत्तरबाहिनीलाई आवश्यक सहयोग गरेर दिवश मनाईएको हो । विद्यालयका लागि आवश्यक खाद्यान्न एवं शैक्षिक सामाग्री विद्यालयलाई प्रदान गरिएको थियो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले स्व.कोईरालाले देखाएको मार्गमा नेपाली कांग्रेस हिड्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने बताएका थिए । कोईरालाले देशलाई संविधान दिएर ऐतिहासिक कार्य गरेको स्मरण गर्दै सहभागीहरुले देशलाई अग्रगामी मार्गमा पु¥याउनका लागि उहाँको योगदान अतुलनिय रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारति, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, महासमिति सदस्य भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधी बद्रिकुमार खड्का, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न. २(१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न. २(२) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न. २(१) का सदस्य पुरुषोत्तम शर्मा, नेपाली कांग्रेस घोराही उपमहानगर सभापति तिलक रावत, विद्यालयका सञ्चालक प्रकाश भट्टराई, नेपाल महिला संघ दाङका सचिव लक्ष्मी लम्साल, दलित संघ दाङका सभापति बाबुराम विश्वकर्मा, किसान संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, प्रजातान्त्रिक सेनानी संघ जिल्ला सचिव नन्दुकुमार धिताल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष मानु खत्री, घोराही चेम्बर अफ कमर्स घोराही नगर अध्यक्ष दुर्लभ के.सी, घोराही खानेपानी उपभोक्ता तथा सररसफाई संस्थाका कोषाध्यक्ष धुव्र के.सी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव हिमबहादुर डाँगीले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh