दाङ, १५ वैशाख
नेपाल तरुण दल दाङले सरकारसँग विभिन्न माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई विभिन्न मागहरु सहितको ज्ञापनपत्र पठाएको पठाएको हो ।
निर्मला पन्तको हत्या पछि बलात्कारपछि हत्या भएको १० महिना बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेको भन्दै दोषीलाई कारबाही गरि पन्तको परिवारलाई न्याय दिन माग गरिएको छ ।
वर्तमान सरकारका सबै तह र तप्कामा भ्रष्ट्राचार मौलाउदा जनताले सास्ती भोग्नुपरेकाले भष्ट्राचार अन्त्य गरि राष्ट्रलाई शुन्य भ्रष्ट्रचारमा ल्याई जनताको दैनिक जिवनलाई सहज र सरल बनाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
यस्तै वायु सेवा निगममा वाईडबडी जहाज खरिदमा भएको अरबौको भ्रष्ट्राचारको विषयमा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर्न, एनसेलले बुझाउनुपर्ने ७० अर्व रुपैया कर अशुल गर्न नसकेको भन्दै कर तत्काल अशुल गर्न पनि तरण दलले प्रधानमन्त्रीसँग माग गरेको छ । यसैगरि राजधानीमा मेलम्चीको पानी खाने सपना हालसम्म सपनामात्र भएकाले मेलम्ची खानेपानी विस्तारको काम जिम्मेवार र भ्रष्ट्राचार रहित रुपमा गर्नुपर्ने तरुण दलको माग रहेको छ ।
देशका सार्वजनिक एवं सरकारी जमिनहरुको संरक्षण गर्न सरकारसँग माग गर्दै जनताको साझा सम्पती सरकारको संरक्षणमा विभिन्न व्यक्तीहरुको नाममा हस्तान्तरण गरिएकोप्रति घोर निन्दा र भत्र्सना गर्दै बालुवाटारको जग्गा काण्डमा संलग्न नेकपामा महासचिव विष्णु पौडेल लगायत सो काण्डमा संलग्न सम्पूर्णलाई हदैसम्मको कारबाही गर्न तरुण दलले ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीसँग जोडदार माग गरेको छ ।
ज्ञापनपत्र नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई बुझाउनुभएको थियो । नेपाली कांग्रेस पार्टि कार्यालयबाट सरकार विरुद्ध चर्को नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय अगाडी पनि सरकार विरोधी नाराबाजी गरेको थियो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका नेता, तरुण दल, नेविसंघ, महिला संघ लगायत विभिन्न भातृसंघसंगठनका नेतृत्वको सहभागिता रहेको थियो ।