Home / Feature Breaking news / तुलसीपुरको हात्तिखौवामा बस दुर्घटना

तुलसीपुरको हात्तिखौवामा बस दुर्घटना

दाङ,१५ बैशाख । तुलसीपुर– घोराही सडक खण्डको हात्तिखौवामा बस दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को हात्तिखौवामा आइतवार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको हो ।

तुलसीपुरदेखि बिराटनगरकालागि छुटेको ना ५ ख २२३४ नम्वरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।  । दुर्घटनामा यात्रुहरु जमुना वली, सिताराम वली, यज्ञबहादुर विक र गहेन्द्र बस्नेत रहेका छन ।घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*