Home / Feature Breaking news / सवारी दुर्घटनाः ३३ महिनामा २ सय ४३ को मृत्यु

सवारी दुर्घटनाः ३३ महिनामा २ सय ४३ को मृत्यु

लिलाधर वली
दाङ,१५ बैशाख । वितेको ३३ महिनामा जिल्लामा सवारी दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार वितेको ३३ महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना ठुला दुर्घटनामा परि दुई सय ३३ जनाले ज्यान गुमाएका छन । जसमा सवैभन्दा धेरै चालुआर्थिक बर्षमा ८७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चालुआर्थिक बर्ष २०७५÷०७६ को चैत्र महिनासम्म जिल्लामा एक सय ४५ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुवँरले जानकारी दिए । दुर्घटनामा ६५ जना पुरुष,१५ जना महिला, ५ जना बालक र दुई जना बालिकाको मृत्यु भएको छ । कुवँरका अनुसार दुर्घटनामा ३ सय ४२ जना घाइते भएका छन । जसमा १ सय ८६ जना गम्भीर र १ सय ५६ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ रहेको छ ।

त्यस्तै गतआर्थिक बर्ष २०७४÷०७५मा जिल्लामा भएका १ सय ७१ सवारी दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो । जसमा ५३ जना पुरुष, ११ जना महिला, १० जना बालक र ५ जना बालिका रहेका थिए । २ सय १५ गम्भीर र ८५ जना सामान्य गरि ३ सय घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा भएका १ सय ४० सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ५८ जना पुरुष, ११ जना महिला, ६ जना बालक र २ जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बर्ष १ सय २० जना गम्भीर र १०१ जना सामान्य गरि १ सय ४० जना दुर्घटनामा घाइते भएका थिए ।

वितेको ३३ महिनाको तथ्याङक अनुसार जिल्लामा सवारी दुघंटनासँगै मृतक संख्या समेत बढ्दै गएको छ । सवारी दुर्घटनाका दृष्टिले प्रदेशकै उच्च जोखिममा रहेको दाङमा ट्राफिक नियमको पालना नगर्नु, मापासे सेवन गरि सावरी साधान चलाउनु, सघुरा र पुराना सडक, पुराना सवारी साधानलगायतका कारण दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुवँरले जानकारी दिए ।
बढि मोटरसाईकल दुर्घटना

जिल्लामा सवैभन्दा धेरै मोटरसाईकल दुर्घटना हुने गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार वितेको ३३ महिनाको तथ्याङक अनुसार सवैभन्दा धेरै दुर्घटना हुने सवारी साधन मन्य मोटरसाईकल रहेका छन ।
कार्यालयका अनुसार आलुआर्थिक बर्षको चैतसम्म जिल्लामा दुर्घटना भएका २ सय ३ सवारी साधन मध्य सवैभन्दा धेरै मोटरसाईकल एक सय ३ वटा परेका छन । त्यस्तै बस ३० वटा, जिपकार २३ वटा, टेक्टर १२ वटा, ट्रक र टेम्पो १२÷१२ वटा र अन्य ४ वटा सवारी साधन दुर्घटना भएका छन ।

त्यस्तै आर्थिक बर्ष २०७४÷०७५ मा २ सय २४ र आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ७२ सवारी साधन दुर्घटनामा परेका छन । प्रहरीका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा मोटरसाइृकल ९१, बस ४०, ट्रक ३०, जिपकार ३१, टेक्टर १९, टेम्पो १० र अन्य १ थिए । त्यस्तै आर्थिक बर्ष २०७३÷०७४ मा मोटरसाईकल ७२, बस ४०, ट्रक २७, जिपकार १२, टेक्टर १६,टेम्पो १ र अन्य ४ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*