Home / Feature Breaking news / पत्रकार महासंघ दाङले पठायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ दाङले पठायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

घोराही, २० असार

लुम्बीनी प्रदेश सरकारले ल्याउन लागेको ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक’ फिर्ताको माग गर्दै लुम्बीनी प्रदेशका १२ जिल्ला शाखाहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशको सर्कुलर अनुसार जिल्ला शाखाहरुले आईतवार जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि आईतवार जिल्ला प्रशासन कार्यालय दाङमार्फत लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउदै जिल्ला अध्यक्ष दुर्गालाल केसीले लुम्बीनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताकालागी हालै पठाएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक विरुद्ध पत्रकार महासंघ रहेको बताउनुभयो ।

‘यो विधयकको उद्धेश्य प्रदेशभरीका सञ्चारमाध्यमहरुको हकहितको रक्षा र नियमन हुनुपर्ने थियो तर यो विधयकको प्रस्तावनादेखी अधिकांश दफा, उपदफामा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई दण्ड जरिमानादेखी जेल सजायसम्मको प्रावधान राखिएको छ । आजको व्यवस्था ल्याउनकालागी सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले खेलेको भूमीका बिर्सिएर मिडीया र मिडियाकर्मीहरुमाथी कानुनी डण्डा चलाउने सोच वियधकमा झल्कीएको छ ।’ ज्ञापनपत्रमा भनिएको छ– ‘तसर्थ तत्काल वियधक प्रदेश सभाबाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गर्दै यो ज्ञापनपत्र पेश गरेका छौ । सञ्चारमाध्म र सञ्चारकर्मीहरुको मर्म र धर्म बुझ्नुभएका मुख्यमन्त्रीका हिसाबले तत्काल सरोकारवालाहरुसँगको छलफल गराएर सञ्चारमैत्री विधयक निर्माणको वातावरण बनाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । हाम्रो मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम गर्न माध्य हुनेछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*