Home / Feature Breaking news / ‘कानुनभन्दा बाहिर जानेलाई छुट हुदैन’

‘कानुनभन्दा बाहिर जानेलाई छुट हुदैन’

दाङ,२५ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले नदिजन्य पदार्थ उत्खन्नको विषयमा कानुनभन्दा बाहिर जानेलाई नछोड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले विहिवार सञ्चारकर्मीसँग आयोजना गरेको परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख काफ्ले प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने बताएका हुन ।

‘दाङमा मात्र नभएर देशभर नै प्राकृतिक स्रोत साधनमाथिको दोहनको विषय उठ्ने गरेको छ’–प्रहरी प्रमुख काफ्लेले भने–‘दाङमा यो समस्या समाधानका लागि कानुन अनुसार नै काम गर्छ । कतै अवैध उत्खनन् भएको रहिछ भने टुलुटुलु हेरेर बस्दैन ।’ उलने आफुले भनेको अनुसार काम गर्ने भन्दै बाँकी काम परिणाममा देखिने समेत बताए । ‘सवै कुरा मैले यो गर्छु, त्यो गर्छु भन्नु पर्दैन । काम गरेर देखाउने हो’–उनले भने–‘त्यो काम आगामी दिनहरुमा तपाईहरुले अवश्यक देख्नुहुनेछ ।’ उनले कानुनको बर्खिलापमा जाने जोही पनि कानुनी दायरामा आउने बताए ।

त्यसैगरी प्रहरी प्रमुख काफ्लेले जिल्लामा शान्ति सुरक्षा कायमसँगै अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो कार्ययोजना अनुसार काम गर्ने बताए । ‘प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नेदेखि अपराधिक गविविधि नियन्त्रणका लागि काम गर्ने आफ्नै कार्ययोजना छ । त्यो अनुसार काम गर्नेछ’–प्रहरी प्रमुख काफ्लेले भने–‘बाँकी अन्य गतिविधिहरु नियन्त्रणका लागि सञ्चारकर्मीहरुको सुझाव पनि महत्वपूर्ण हुन्छ ।’ उनले सहज रुपमा सूचना सञ्चार माध्यमसम्म पु¥याउन आफुहरु तयार रहेको बताएका थिए । सहजमा सकारात्मक प्रभावका लागि सञ्चारक्षेत्रको महत्वपूर्ण भुमिका खेल्नेभन्दै प्रहरी प्रमु्ख काफ्ले त्यसका लागि प्रहरीले सहयोग गर्ने बताएका थिए ।

त्यसैगरीले प्रहरीले जनतासँगको सहकार्यबाटै समाजमा शान्ति सुरक्षा कायम गर्नदेखि अपराधिक गतिविधि नियन्त्रण गर्ने भन्दै त्यसका लागि सम्पूर्ण प्रहरीलाई जनमैत्री व्यवहार गर्न आग्रह गरेका थिए । प्रहरी प्रमुख काफ्लेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदा कुनै पनि शुल्क नलाग्ने बताएका छन् । ‘न्यायका लागि प्रहरी कहाँ आउने पीडितहरुलाई विभिन्न बहानामा शुल्क उठाउने गरिएको पाइयो, यो राम्रो काम होइन’–उनले भने–‘ पीडितलाई निशुल्क सेवा दिने प्रहरीको कर्तव्य हो । त्यसैले उजुरी दिदा कसैले पैसा खर्च गर्नुपर्दैन ।’

कार्यक्रममा सहभागी पत्रकारहरुले नागरिक मैत्री व्यवहारसँगै प्राकृतिक श्रोतको दोहन रोक्नुपर्ने, जिल्ला प्रहरी कार्यालय दाङबाट प्राप्त सूचनाहरु सहज रुपमा छिटो पठाउने व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु प्रहरीलाई दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीलगायतका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*