दाङ,१२ पुस । घोराहीमा महिलाहरुलाई एक दिने सावुन बनाउने तालिम दिइएको छ । महिलालाई सिप सिकाएर उद्यमी बनाउने उद्देश्यले दाङ जिल्ला उद्योग बाणिज्यको आयोजनामा घोराहीका १५ जना महिलाहरुलाई सावुन बनाउने तालिम दिइएको दाङ जिल्ला उद्योग बाणिज्य संघकी सदस्य तथा तालिम संयोजक बिन्दु दाहालले जानकारी दिइन ।
सिप सिकेर उद्यमी बन्न चाहने महिलालाई सिप सिकाउने संघको उद्देश्य अनुसार उद्योग बाणिज्य संघकै पहिलमा तालिम दिईएको हो । तालिममा घोराहीका १५ महिलाहरुलाई लुगा धुने सावुन बनाउन सिकाएको लाईफ पोइन्ट प्रिसियज फ्युचरका प्रशिक्षक दिपक केसीले बताए ।
उनका अनुसार वनस्पति घिउ,सोडा,चुन ढुङगा,गम,रंग,सेन्ट,पानीलगायतका सामाग्रीका माध्यमवाट सावुन बनाइने गरेको उनले बताए । सदस्य दाहालका अनुसार आगामी दिनमा महिलाहरुलाई थप आलु चिप्स,नम्कीन,अगरवत्ति,गुडिया बनाउनेलगायतका तालिम प्रदान गर्ने योजना रहेको समेत जानकारी दिइन ।