Home / समाचार / तुलसीपुर–११ मा अचार वनाउने तालिम

तुलसीपुर–११ मा अचार वनाउने तालिम

सुवास डिसी
तुलसीपुर, २० वैशाख । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा आज देखि ७ दिने अचार वनाउने तालिम शुरु भएको छ । जनजाति लक्षीत वर्ग अन्तर्गत वडा कार्यालयको १ लाख रुपैयांको वजेटबाट जनजाति समुदायलाई सिप मुलक तालिम प्रदान गरि व्यवसायीक रुपमा वलियो वनाउने उदेश्यले वडा स्तरिय जनजाति सञ्जालको समन्वयमा तालिम शुरु गरिएको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो ।

सञ्जालका अध्यक्ष शरण कुमार चौधरीको अध्यक्षता एवं वडा अध्यक्ष चित्र वहादुर वलीको प्रमुख आतिथ्यिमा भएको तालिमको उद्घाटन सत्रमा प्रशिक्षक गंगा हमालले तालिमको विषय वस्तुवारे जानकारी गराउनु भएको थियो भने सञ्जालका कोषाध्यक्ष छोटिलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

mahila

तालिम उद्घाटन सत्रमा महिला अधिकारकर्मि तथा महिला नेतृ शुष्मा गिरी, वडा सदस्यद्धय घनश्याम गौतम, सुवास डांगी, वडा स्तरिय जेष्ठ नागरिक संघका वरिष्ठ उपाध्यक्ष केशवराज वली, टोल विकास संस्थाको तर्फबाट रमाईलो टोल विकास संस्थाका अध्यक्ष कमला वली लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि व्यवसायीक वन्न सुझाव दिनुभएको थियो ।

सात दिनसम्म चल्ने अचार वनाउने तालिमको उद्घाटन सत्रको सहजिकरण वडा कार्यालयका कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो । तालिममा प्रत्येक टोल विकास संस्थाबाट एक एक जना गरि ४० जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*