दाङ,१२ चैत । नेपाल बैंक लिमिटेड दाङ शाखाले घोराहीमा रहेको रझेना माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको गरेको छ । विश्वव्यापी मुद्रा सप्ताह–२०२२ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बैंकको दाङ शाखाले रझेना माध्यामिक विद्यालयमा शुक्रबार एकदिने वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
बद्लिदो समयमा बित्तिय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएकाले विद्यार्थीसँग अभिमुुखीकरण कार्यक्रम गरिएको बैंकका शाखा प्रबन्धक सरोजप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
बैंकका सहायक प्रबन्धक गायत्री भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शाखा प्रवन्धक सरोजप्रसाद उपाध्याय, कर्मचारीहरु केशव सुवेदी, नवराज आचार्यलगायत लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदा तथा डिजिटल कारोवारको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
बैंकका शाखा प्रवन्धक उपाध्यायको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक उद्वव न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक गिरिप्रसाद भट्टराई, पदम आचार्य, लोकमणी आचार्यलगायतको उपस्थीतिमा कार्यक्रम भएको बंैकका कर्मचारी संजय पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा विद्यालयमा अध्ययनरत करिव २ सय जना बिद्यार्थीहरुको उपस्थितीमा रहेको थियो ।