Home / Feature Breaking news / काग्रेस दाङकाे समायाेजन : काे-काे बने सभापति

काग्रेस दाङकाे समायाेजन : काे-काे बने सभापति

दाङ, १८ भदाै
नेपाली काग्रेस दाङले संघीय संरचना अनुसारकाे समायाेजन गरेकाे छ ।

नेपाली काग्रेस दाङमा वुधवार भएकाे जिल्ला कार्यसमिति र क्षेत्रीय पदाधिकारीहरूकाे उपस्थितिमा भएकाे बैठकले संङीय संरचना अनुसार साविकाका समितिलाई समायाेजन गरेर संघीय र प्रदेश निर्वाचन क्षेत्रकाे समितिहरू निर्माण गरेकाे हाे ।

जिल्ला सभापति किर्तीबहादुर खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले संघीय संरचना(संघीय र प्रदेश निर्वाचन क्षेत्र) अनुसारकाे समायाेजन गरेकाे समायाेजननकालागी खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि निर्मल गाैतमले जानकारी दिनुभयाे ।

जस अनुसार क्षेत्र नम्बर १ काे सभापतिमा भेषराज पाण्डे, २ काे सभापति भुपबहादुर डाँगी र क्षेत्र नम्बर ३ काे सभापतिमा जगत खड्का रहनुभएकाे छ । प्रदेश निर्वाचन क्षेत्र अन्तरगत १ (क) काे सभापतिमा ताराबहादुर डिसी, १ (ख) काे सभापतिमा देवानजंग चाैधरी, क्षेत्र नम्बर २ (क) काे सभापतिमा गिरिराज सुवेदी, २ (ख) सभापतिमा कमल गाैतम, क्षेत्र नम्बर ३ (क) काे सभापतिमा घनश्याम ढकाल र ३ (ख) काे सभापतिमा खीमबहादुर वली रहनुभएकाे छ ।

बैठककाे सहजिकरण काग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*