Home / Feature Breaking news / खोलाले पुलमा क्षति पुर्‍याउँदा विद्यार्थीलाई समस्‍या

खोलाले पुलमा क्षति पुर्‍याउँदा विद्यार्थीलाई समस्‍या

दाङ, १९ भदौ । केही दिन पहिले देउखुरी गढवा–४ कटेयानगाउँ निवासी करुणा चौधरी विद्यालय जान घरबाट हिडिन । उनले गढवा गाउँपालिका वडा नं. ५ स्थीत चैनपुर माध्यामिक विद्यालयमा पढ्छिन । घरबाट करिव आधा घण्टाको दुरीमा रहेको विद्यालयमा पुग्नै लाग्दा फर्किनुपर्ने बाध्यता भयो । जसको कारण हो गढवा गाउपालिका–५ मा रहेको दंगाली खोला । खहरे खोला उर्लिदै ठूलै भेल आइरहेको थियो । तर्न सक्ने अवस्था थिएन । खोला काट्यो भने विद्यालय आईहाल्थ्यो तर खोला तर्न नसक्दा घर फर्कनुप¥यो । खोलाको ढिकबाट विद्यालय हेरिन र निराश भएर घर फर्किन ।

त्यस्तै बाध्यता रहेको छ गढवा गाउँपालिका–५ निवासी शर्मिला चौधरीलाई पनि । बर्षादको समयमा विद्यालय पढ्न आउँदा होस या घर फर्किदा भालुुदोन्द्रे खोलाले घण्टौ छेक्ने गरेको छ । ‘खोलामा पुल नहुँदा पानी परेको बेला विद्यालय जान मिल्दैन’,शमिलाले भनिन्,‘उर्लेर आउने खहरे खोलाले छेकिहाल्छ ।’ पानी परेको बेला अधिकांस समय विद्यालय छुट्ने गरेको उनी बताउँछिन ।

यो बाध्यता उनीहरुले मात्र होइन उक्त सडक भर विद्यालय आउने विद्यार्थीहरुसँगै शिक्षकहरुले समेत भोग्दैछन । गएको असारको अन्त्यतिर खोलामा आएको ठुलो भेलले पुलको दक्षिण भाग कटान गरिदिएपछि पुलको दक्षिण भाग खोला बग्ने गरेको छ । जसले गर्दा बर्षादको समयमा बिद्यार्थीहरु खोला तर्न सक्दैनन् र घरफर्कनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक दानबहादुर बिसीले बताए । ‘पुल हुदा विद्यार्थीहरुलाई विद्यालय आउन जान सहज थियो’,शिक्षक बिसीले भने,‘तर अहिले पानी ठुलो पर्दा विद्यार्थी छेकिने गरेका छन ।’ खोलाले पुलको दक्षिणतिरको भाग काटेपछि विद्यार्थीहरुसँगै उक्त सडक भएर हिड्ने स्थानीयलाई समेत समस्या भएको उनी बताउँछन ।

पुल निर्माण भएपनि स्थानीयलाई समेत सहज भएको थियो तर पुलमा समस्या आएपछि गढवा गाउँपालिका वडा नं. ४ र ५ का लोखरपुुर, मगहर, लालपुुर, पर्सिया र कटेयानगाउँलगायतका विद्यार्थीहरुसँगै स्थानीयलाई समेत समस्या भएको छ । पुलमा आएको समस्या समाधानका लागि पटक पटक वडा कार्यालय र गाउँपालिकालाई जानकारी गराएपनि समाधानका लागि पहल नगरेको बिद्यालयका शिक्षक बिसीले बताए । ‘पुलमा समस्या आएपछि त्यसको प्रभाव विद्यालयमा देखिएको छ, पानी पर्दा विद्यालयमा विद्यार्थीहरु आउँदैनन्’,विद्यालयका शिक्षक बिसीले भने,‘विद्यालयमा आएको बेला पनि पानी पर्ने जस्तो गरे विदाई गर्नुपर्ने बाध्यता रहेको छ ।’ गाउँपालिका वा वडा सरकारले चाहेमा यो समस्या समाधान गर्न सकिने भएपनि इच्छा नदेखाएको स्थानीयको गुनासो रहेको छ । तत्कालका लागि पुलमा काठको भ¥याङ बनाएर हिड्ने गरिएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने चालुआर्थिक बर्षमा समस्या समाधान गरिने बताए । ‘बर्षादको समयमा खोलामा आएको भेलले पुलमा समस्या पारेको थियो,त्यो तत्काल समस्या समाधान गर्न सक्ने अवस्था थिएन’,गाउँपालिका अध्यक्ष यादवले भने,‘बर्षाद कम हुदै गएकाले अव मर्मत गरिने छ ।’ गाउँपालिका अध्यक्ष यादवले भालुुदोन्द्रे खोलामा नयाँ पुुल यसैबर्ष बन्ने समेत बताएका छन । दंगाली खोलामा करिव ३ बर्ष पहिले पुल निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*