Home / Feature Breaking news / २० करोडको लगानीमा घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गरिदैँ

२० करोडको लगानीमा घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गरिदैँ

अमरराज आचार्य
दाङ,१९ भदौ । घोराही उपमहानगरपालिकामा फोहारबाट खाना पाउने ग्याँस निकालिने भएको छ । ग्याँस उत्पादनका लागि काम समेत भैरहेको छ । आगामी एक बर्षभित्रै फोहोरबाट ग्याँस निकालिने भएको छ ।

घोराही उप महानगरपालिका–१६ को ल्यानफिल्ड लाईडमा फोहोरवाट ग्याँस निकाल्न थालिएको हो । घोराही उपमहाननगरपालिका, बैकल्पिक उर्जा केन्द्र र नेपाल उर्जा विकास कम्पनी विच त्रिपक्ष सहकार्यमा फोहोरबाट ग्याँस उत्पादन गर्ने कामलाई अघि बढाईएको छ । त्रिपक्षय सम्झौता गएको मंसिर ५ गते सम्झौता भएको थियो । त्यही अनुसार अहिले काम भईरहेको छ ।

ग्याँस उत्पादन गर्नेका लागि करिब २० करोड लगानी लाग्ने बताएको छ । उक्त ग्याँस प्लान्ट २ हजार घन मिटरको रहने छ । जसबाट ग्याँस सिलिण्डरमा भरेर वजारमा पठाउने बताइएको छ । ग्याँस उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भइ रहेको नेपाल उर्जा विकास कम्पनीका प्लानट म्यानेजर हरिशरण श्रेष्ठले बताए । अबको ६ महिनामा भौतिक निर्माणको काम सकिने उनको भनाइ रहेको छ ।

उनका अनुसार ६ महिना भित्रमा ग्याँस उत्पादन गर्ने गरि काम अगाडि वढाइएको छ । ‘ काममा कुनै समस्या नआए एक वर्ष भित्रमा ग्याँस उत्पादन गर्ने गरि काम गरिरहेका छौँ’,म्यानेजर श्रेष्ठले भने,‘प्राविधिक समस्या भए मात्र केही ढिलाई हुन सक्छ ।’ २०७५ मंसिर ५गते सम्झौता भएपनि काम गर्न विभिन्न कारणले केही ढिला भएको श्रेष्ठ बताउँछन ।
सरकारी प्रक्रिया अनुसार काम गर्दा ढिला भएको छ । सम्झौता भएर सहज तरिकाले काम गर्ने पाएको भए धेरै काम अगाडि बढि सकेको हुने बताइएको छ । काम गर्दा स्थानीयले केही समस्या उत्पन्न गराएका थिए । आफनो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीयले बिरोध गरेपनि केही समय काममा ढिलाई भएको थियो ।

कम्पनीले स्थानीयलाई पोखरा निर्माण गरिएको ग्यास प्लान्ट देखाएपछि स्थानीय ग्यास प्यान्ट निर्माणमा सहमत भएको श्रेष्ठ बताउँछन । अव भौतिक संरक्षना निर्माणको काममले गति लिने अपेक्षा कम्पनीले गरेको छ । ग्याँस उत्पादन गर्नेका लागि घोराही उप महानगरपालिकाले जग्गा उपल्व्ध गराएको प्लान्टका म्यानेजर श्रेष्ठले बताए । घोराही उपमहानगरपालिकाले ल्याफिड साइडमा रहेको साढे २ विगाह जग्गा उपल्वध गराएको छ । कम्पनी र नगरपालिका विच २० वर्षको सम्झौता भएको छ ।

२० वर्षपछि संरचनासहित सवै पुर्वाधारहरु घोराही उप महानगरपालिकालाई हस्तान्त्रण गर्ने गरि सम्झौता गरिएको छ । ‘नगरपालिका र कम्पनी विच २० वर्षको सम्झौता भएको छ’,उनले भने,‘२० बर्षपछि सम्पुर्ण भौतिक संरक्षण घोराही उपमहानगरपालिकालाई हस्तान्तरण छौँ।’ ग्याँससंगै कम्पोष्ट मल समेत उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । जिल्लामा फोहोरबाट ग्याँस उत्पादन भए पछि मुल्य कमी हुने नागरिकले अपेक्षा लिएका छन् ।

यसरी फोहोरबाट उर्जा उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । फोहोरबाट उर्जा उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ । ग्याँस उत्पादन गर्ने थाले पछि गलेर जाने बस्तुको सदुपयोग समेत हुने छ । नगरपालिकाले अहिले गल्ने र नग्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*