Home / Feature Breaking news / घोराही–१० मेयरकपको सेमीफाईनलमा

घोराही–१० मेयरकपको सेमीफाईनलमा

घोराही, ११ माघ

घोराहीमा मेयरकप फुटबल प्रतियोगीतामा वडा नम्बर १० समूह बिजेता बन्दै सेमीफाईनलमा प्रवेश गरेको छ । शुक्रवार वडा नम्बर १४ लाई पराजित गर्दै वडा नम्बर १० सेमीफाईनलमा प्रवेश गरेको हो ।

शुक्रवार विहान भएको खेलमा पेनाल्टी सुटआउटमा वडा नम्बर १४ लाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै वडा नम्बर समूह ‘ग’ विजेता बन्दै अगाडीको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा १÷१ गोलको बराबरी भएपछि नतिजा पोनाल्टी सुटआउटबाट निकालिएको थियो ।

जसमा वडा नम्बर १० का भुवन वली, रमेश पुन र विनायक बिकले गोल गरो थिए भने वडा नम्बर १४ का सागर चौधरीले गोल गरेका थिए । वडा नम्बर १० का गोलरक्षक खिमप्रसाद रोका मगरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ द म्याच वडा नम्बर १० का गोलरक्षक खिमप्रसाद रोका मगर भएका छन् । वडा नम्बर १० सेमीफाईनलमा शनिवार समूह ‘क’ विजेतासँग भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*