Home / Feature Breaking news / दाङका पाँच जना पत्रकार सम्मानित

दाङका पाँच जना पत्रकार सम्मानित

घोराही, १५ माघ

घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा दाङका पाँच जना पत्रकारहरु सम्मानित भएका छन् । उपमहानगरपालिकाको स्थापना दिवशको अवसरमा जिल्लामा क्रियाशील ५ जना पत्रकारहरु सम्मानित भएका हुन् ।

पत्रकारिताको माध्यमबाट उपमहानगरपालिकाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै नयाँ युगबोध दैनिकका जे.एन.सागर, रा.स.सका सुशीला वली, अभियान दैनिकका उदय बि.सी, रेडियो मध्यपश्चिमका चन्द्रप्रकाश नेपाली र लौव अग्रासन साप्ताहिकका सन्तोष दहितलाई नगद सहित सम्मान गरेको हो ।

घोराही उपमहानगरपालिकका निमित्त प्रमुख हुमाकुमारी डिसीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने विभिन्न सामाजिक संघसंस्था, जेष्ठ नागरिक, सहकारी, सामुदायिक वन, युवा तथा बाल क्लब, पत्रकार, कर्मचारी लगायतलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*