काठमाण्डौ,१४ माघ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज .सोमबारबाट रिले अनसन सुरू गरेका छन् ।
चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेको हो ।
अनसन बसेपनि सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ । आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताए ।
अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्नासमेत दिएका छन् ।