Home / मनोरञ्जन / चर्चीत गायीका तथा मोडल सीर्जु अधिकारीको नयाँ गीतः ‘आकाश धर्ति जुनको’ (भिडियो सहित)

चर्चीत गायीका तथा मोडल सीर्जु अधिकारीको नयाँ गीतः ‘आकाश धर्ति जुनको’ (भिडियो सहित)

नेपाली कलाकारितामा एक चर्चीत नाम होः सिर्जु अधिकारी । गायिका तथा मोडेल सिर्जु अधिकारी संगीत क्षेत्रमा व्यस्त छिन् । उनको एक पछि अर्को गीत सार्वजनिक भईरहेको छ ।

s 2

एक महिना अगाडी  ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । जुन गीत लोकप्रीय बन्यो ।

सबैले रुचाएको गीत बनेको ब्याण्ड बाजापछि हालैमात्र उनको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । अधिकारीको नयाँ गीत ‘आकाश धर्ति जुनको’ गीत केही दिन अगाडीमात्र सार्वजनिक भएको छ । जुन गीत सार्वजनिक भएलगत्तै लोकप्रीय बनेको छ ।

s 3

अलराउण्डरको रुपमा पहिचान बनाएकी सिर्जुको यो गीतलाई स्रोता तथा दर्शकहरुले रुचाएका छन् ।  ‘आकाश घर्ति जुनको एउटा मान्छे दुईतिर लभ गर्छौ मेरो हौँ कि उनको’ बोलको नयाँ शैलीमा रहेको यो गीतमा गायिका सिर्जु अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ ।

s 5

सार्बजनिक गीतमा कृष्ण राजा बाबुको शब्द तथा संगीत र कृष्ण वि.केको संगीत संयोजन रहेको छ ।

शंकर वि.सीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा कृष्ण राजा बाबु र सिर्जु अधिकारीको अभिनय रहेको छ ।

केही दिन अघि सिर्जु अधिकारीको अफिसियल युटुब च्यानलवाट सार्वजनिक भएको गीतमा निकै राम्रो प्रतिक्रिया पाएको छ । यो गीत आजभोली सञ्चारमाध्यममा छाएको छ ।

S 4

 ‘आकाश घर्ति जुनको गीत हालैमात्र मेरो यूट्यूबबाट सार्वजनिक गरेको छु, अरु गीतभन्दा फरक छ यो गीत’  उनले भनीन्ः­‘  ‘दर्शक, स्रोताहरुको माया पाउछ भन्ने अपेक्षा गरेको छु । सबैले हेरेर सुनेर सल्लाह सुझाव दिनुहोला ।’

भिडियो हेर्न यहाँ क्लीब गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*