Home / Feature Breaking news / गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
Lawmakers of opposition party Nepali Congress and United Democratic Madhesi Front (UDMF) standing up in their seats seeking permission to speak shortly after the Legislature-Parliament meeting started at the Parliament house in New Baneshwor, Kathmandu on Thursday, November 26, 2015. Nepali Congress lawmakers objected to Speaker Onsari Gharti after she provided Federal Socialist Forum-Nepal Chairman Upendra Yadav (far left) with time to speak at the House. They demanded that time be allotted to the main opposition party first. The obstruction of the House began by seeking explanation of 4 Nepalis hit by bullets as Indian SSB opened fire in Sunsari village near Nepal-India border. Photo: Skanda Gautam

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाण्डौ, १७ माघ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले लगतै सांसदहरु उठेका छन् ।
सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*