Home / Feature Breaking news / ३० किलोमिटर सडक निर्माणका लागि १ अर्व बढि बजेट

३० किलोमिटर सडक निर्माणका लागि १ अर्व बढि बजेट

अमरराज आचार्य
दाङ,१७ माघ । घोराही उप महानगरपालिकाभित्र करिव ३० किलो मिटर सडक निर्माणका लागि १ अर्व बढि रकम खर्च हुने भएको छ । यसआर्थिक बर्ष संघन सहरी भवन निर्माण आयोजनाको संघन शहरी विकास कार्यक्रम अन्र्तगत १ अर्व ५ करोड ४९ लाख ४५ हजार रुपैया खर्च गर्न लागेको हो ।

घोराही उप महानगरपालिका भित्र २९.८ किलो मिटर निर्माण हुन लागेका हो । निर्माण हुन थालेका सडकहरु उपमहानगरपालिकाभित्र रहेका विभिन्न स्थानमा रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उपमहानगरपालिकाभित्र ३ वटा प्याकेजमार्फत सडक निर्माण हुन थालेका हुन । प्याकेज १ अन्र्तगत १५ किलो मिटर र प्याकेज ३ अन्र्तगत १४.८ किलो मिटर सडक निर्माण हुन थालेको संघन सहरी भवन निर्माण आयोजनाका लेखा अधिकृत उदयराज भण्डारीले जानकारी दिएका छन ।

उनका अुनसार अहिले निर्माण हुन थालेको सडको प्याकेज १ का लागि ५२ करोड १० लाख र प्याकेज ३ का लागि ५३ करोड ३९ लाख ४५ हजार रुपैया रहेको लेखा अधिकृत भण्डारीले जानकारी दिए । उपमहानगरपालिकामा भित्र निर्माण हुन थालेको सडक निर्माण भएमा उपमहानगरपालिका केही मात्रामा भएपनि नगरवासीहरुले सहजता पाउने छन् ।
सहज यातायातको सेवा समेत पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ । अहिले नगरका सवै वडाहरुसम्म १२ महिना नै यातायात सञ्चालन हुने गरी सडक निर्माण हुन सकेका छैनन । यसरी निर्माण हुन थालेको विभिन्न स्थानका सडकहरु मिलाएर प्याकेज निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज २ अन्र्तगतका योजनाहरु प्रक्रियामा रहेका छन् । निर्माण हुन थालेका सडकको विस्तार, नाला निर्माण, कालोपत्रे गरीने लेखा अधिकृत भण्डारीले बताए ।

संघन शहरी विकास कार्यक्रम अन्र्तगत ४ जिल्लाका लागि ५१ करोड ४८ लाख ९४ हजार वजेट रहेको छ । आयोजनाले दाङ, प्युठान, रोल्पा र रुकुम पुर्व हेर्ने गरेको छ । यो आयोजनामा जिल्लामा यसै आर्थिक वर्ष वाट सुरु भएको हो । संघन शहरी विकास कार्यक्रम जस अन्र्तगत २६ वटा योजना रहेका छन् । सवै भन्दा वढी सडकका १४ वटा योजनाहरु रहेका छन् । अन्य शान्तिपार्क, सामुदायिक भवन बसपार्क, रुकुमा कमलदहमा पाहुना घर निर्माण, कमलदहको पुर्वाधार क्षेत्र, रोल्पामा गुरुङ गाउँको सामुदायिक भवन निर्माण गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।

आयोजनामार्फत एकिकृत स्वास्थ्य पुर्वाधार कार्यक्रम अन्र्तगत ४३ वटा योजना रहेका छन् । जस वाट स्वास्थ्य चौकी, स्वास्थ्यकर्मीको क्वाटर, अस्पाताल निर्माण हुने आयोजनाले जनाएको छ । रुकुममा स्वास्थ्यचौकी निर्माण सुरु हुनेछ । त्यसैगरेर भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्र्तगत ८ वटा योजनाहरु रहेका छन् । जसमा रुकुमा मात्र एकटा नया रहेको छ । भने अन्य सवै क्रमागत योजनाहरु रहेका छन् । यसका लागि १० करोड ४४ लाख वजेट रहेको छ । नया संरचना अनुसार कार्यालय पनि नया भएकाले केही समस्या भएको आयोजनाले जनाएको छ । केही जिल्ला वाहिरवाट जिल्लामा कागज पत्र ल्याउनु पर्ने र केही वाहिर पढाउनु पर्ने समस्या भएको आयोजनाले जनाएको छ ।

फाइल फोटोे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*