Home / विशेष / मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कर बस्नेतलाई

मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कर बस्नेतलाई

दाङ, ८ पुस । गायक तथा संगीतकार यागेश्वर बस्नेतलाई मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कर–२०७८ प्रदान गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि लोक गीतसंगीतका क्षेत्रमा लागेका बस्नेतलाई नगदसहित ताम्रपत्रले पुरस्कृत गरेको हो । २०३८ सालमा रेडियो नेपालमा स्वर परीक्षण गरेर गायन क्षेत्रमा लागेका बस्नेतका करिब दुई दर्जन गीतहरु रहेका छन् । बस्नेतले गीत सिर्जना गर्ने, गाउने र संगीत गर्ने काम गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा संस्कृतविद डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बस्नेतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेमप्रकाश मल्ल, सल्लाहकार गिरिराज सुवेदी, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकरी, पदमबहादुर थापालगायतले स्व. थापाले नेपाली लोकगीत तथा संगीतको क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका हुुन ।

उनीहरुले दाङको गीत संगीतलाई माथि उठाउनेदेखि गरिमा उचो पार्ने काम गरे पनि कलाकारहरुलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरेका थिए । बक्ताहरुले स्व. थापा नभए पनि उनका सिर्जनाहरु सबैको मनमा बस्न सफल भएको बताएका थिए । प्रतिष्ठानका प्रथम उपाध्यक्ष पोषण श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष प्रकाश अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*