Home / Feature Breaking news / फोनबाटै ‘काउन्सीलिङ’, प्रभावकारी बन्दै टोल फ्री नम्बर

फोनबाटै ‘काउन्सीलिङ’, प्रभावकारी बन्दै टोल फ्री नम्बर

दाङ, २२ असार

कोरोना भाईरसका कारण विश्व समुदायमा परेको असरका कारण मानिसहरुमा परेको मानसिक असरलाई कम गर्नकालागि फोनबाटै काउन्सीलिङ हुने गरेको छ । संक्रमणको समयमा प्रत्यक्ष भेटर काउन्सीलिङ गर्न समस्या हुने भएकाले फोनबाटै मनोविमर्शकर्ताहरुले मनोविमर्श गर्ने गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नकालागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले मनोविमर्शकर्ताहरुले मनोविमर्श गर्ने गरेका छन् । कोरोनाको महामारीका कारण व्यक्तीहरुमा परेको मानसिक असरलाई कम गर्नकालागि फोनबाटै निरन्तर काउन्सीलिङ भईरहेको छ ।

लकडाउनको सममया संस्थागत एवं व्यक्तीगत रुपमा काउन्सीलिङको काम दाङमा पनि भईरहेका छन् । कोरोनाको कारण भएको मानसिक असर एवं अन्य कारणले भएको मानसिक असरलाई कम गर्नकालागि काउन्सीलिङलाई निरन्तरता दिईएको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिईन् । कोरोनाको संक्रमणको त्रास, घरेलु हिंसाका कारण लकडाउनको समयमा व्यक्तीमा परेको मानसिक असरलाई न्यूनिकरण गर्नकालागि काउन्सीलिङ निरन्तर रुपमा भईरहेको उनले जानकारी दिईन् ।

‘लकडाउनको समयमा व्यक्तीहरुमा कोरोनाको त्रासका कारण बढि मात्रामा मानसिक असर परेको देखिन्छ’ मनोविमर्शकर्ता ढकालले भनीन्­‘कोरोनासँगै घरेलु हिंसाका घटनाहरु छन् । घरेलु हिंसामा परेका व्यक्तीहरु पनि काउन्सीलिङमा आउनुहुन्छ ।’

लकडाउनको समयमा घरमै होस् वा कार्यालयमै बसेर भएपनि निरन्तर काउन्सीलङमा रहेको ढकालले जानकारी दिईन् । विशेष गरि लकडाउनको समयमा क्वारेनटाइनमा रहेका व्यक्तीहरुले सम्पर्क गर्ने गरेको उनेको अनुभव छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रको तर्फबाट लकडाउनको समयमा पनि काउन्सीलिङ भईरहेको सुचनाका आधारमा धेरै व्यक्तीहरुले सम्पर्क गर्ने गरेको ढकालले बताईन् । ‘यो समयमा विशेष गरि क्वारेनटाइनमा रहेका व्यक्तीहरुले सम्पर्क गर्नुभयो । फोन गर्नेहरुले समयमा कोरोनाको रिपोर्ट नआउदाको तनाब, क्वारेनटाईनमा रहेको असुविधाको कारण भएको तनाबको विषयलाई लिएर सम्पर्क गर्नुहुन्थ्यो’ ढकालले भनीन्­‘कतिपयले त हामीलाई रिपोर्ट छिटो दिनुप¥यो भनेर गाली नि गर्नुभयो ।’

लकडाउनको समयमा ४२ जना व्यक्तीहरुलाई मनोविमर्श गरेको उनले जानकारी दिईन् । सामाजिक सञ्जालमार्फन काउन्सीलिङ आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गर्दै आफ्नो नम्बर सार्वजनिक गरेर, जनप्रतिनीधी र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरेर सेवाग्राहीहरुले फोन सम्पर्क गर्ने गरेको ढकालले जानकारी दिईन् । प्रतिव्यक्ती एकदेखी पाँच सेशनसम्म काउन्सीलिङ गरिएको ढकालले जानकारी दिईन् । दाङसहित रोल्पा, सल्यान, दैलेख, पोखरा, कपिलवस्तु, काठमाडौँबाट फोन मनोविमर्शकालागि सम्पर्क गरेको ढकालले जानकारी दिईन् ।

यस्तै मनोविमर्शकर्ता दिपा धिताल पनि लकडाउनको समयमा काउन्सीलिङको काममै व्यस्त रहिन् । लामो समयमा महिला हिंसाको क्षेत्रमा काम गरेकी धिताललाई पनि कोरोना भाईसर र घरेलु हिंसाका कारण मानसिक असर परेका व्यक्तीहरुले सम्पर्क गर्ने गरेको उनले जानकारी दिईन् ।

‘यो लकडाउनको समयमा धेरैजसो कोरोनाका कारण परेको त्रासका कारण मानसिक असर परेका व्यक्तीहरुले सम्पर्क गर्नुभयो’ उनले भनीन्­ ‘केही मात्रामा घरेलु हिंसामा परेका व्यक्तीहरु पनि सम्पर्कमा आउनुभयो ।’

लकडाउनको समयमा २७ जनालाई फोनबाट काउन्सीलिङ गरिएको जानकारी दिईन् । काउन्सीलिङको समयमा सेवाग्राहसहरु फलोअफ क्लासकालागि सम्पर्कमा नआउने, क्वारेनटाईनबाटै भाग्नै जस्ता समस्या भोग्नुपरेको उनको भनाई छ ।

यस्तै अर्का मनोविमर्शकर्ता सुशीला आचार्यले पनि फोनबाटै काउन्सीलिङ गरिरहेको जानकारी दिईन् । विभिन्न माध्यमबाट सम्पर्कमा आएका व्यक्तीहरुलाई फोनबाटै काउन्सीलिङ गरिएको उनले जानकारी दिईन् । लकडाउनको समय भएकाले भेटेरै प्रत्यक्ष मनोविमर्श गर्न समस्या हुने भएकाले फोनबाटै मनोविमर्श गर्ने गरेको उनको भनाई छ ।

लकडाउनको समयमा मनोविमर्शकर्ताहरुले आवश्यकता र माग अनुसार क्वारेनटाइनमै पुगेर सामुहिक मनोसामाजिक प्राथमीक सहयोग गरेका छन् ।

प्रभावकारी बन्दै टोल फ्री नम्बर

कोरोना भाइरस संक्रमणको समयमा हुने सक्ने मानसिक असरलाई मध्यनजर गर्दै सुरु गरिएको टोल फ्री नम्बर प्रभावकारी बनेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा दाङमा सुरु गरेको ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत सुरु गरिएको टोल फ्री नम्बर मनोविमर्शकालागि प्रभावकारी बनेको हो ।

कोरोना भाइरस संक्रमणको त्रास एवं अन्य विविध कारणले हुन सक्ने मानसिक असरलाई कम गर्नकालागि गरिने मनोविमर्शकालागि केन्द्रले सुरु गरेको टोल फ्रि नम्बरमार्फत दैनिक सेवाग्राहीहरु सम्पर्कमा आउने गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शीवा योगीले जानकारी दिईन् । काउन्सीलिङको समस्या भएमा सम्पर्क गर्न सकिने भनेर दिईएको टोल फ्री नम्बरमा विभिन्न क्वारेनटाइनमा रहेका व्यक्तीहरुले बढि मात्रामा सम्पर्क गर्ने गरेको योगीले बताईन् ।

‘लकडाउनको समयमा मनोविमर्शकालागि सुरु गरिएको टोल फ्री नम्बर धेरै प्रभावकारी भएको छ’ योगीले भनीन्­ ‘हामीले सुरु गरेदेखी हालसम्म ३५ जनाले टोल फ्रिी नम्बरमा सम्पर्क गर्नुभएको छ ।’ सुरुमा सेवाग्राहीहरुले सम्पर्क गर्ने गरेको र त्यसपछि फलोअपकालागि संस्थाले नै सम्पर्क गर्ने गरेको योगीले जानकारी दिईन् । केन्द्रले जेठ २६ गतेदेखी मनोविमर्शकालागि टोल फ्रि नम्बर सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*