Home / Feature Breaking news / विश्व शान्ति दिवसका अवसरमा दीप प्रज्जवलन

विश्व शान्ति दिवसका अवसरमा दीप प्रज्जवलन

दाङ,५ असोज । विश्व शान्ति दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१७ बर्गदीमा रहेको सहिद स्मृति पर्यटकिय पार्कमा मंगलवार दीप प्रज्जवलन गरिएको छ ।

महिला कानुन र विकास मञ्च तथा इन्टरनेशनल अलर्टको संयुक्त आयोजनामा संचालित शान्तिका लागि सामुदायिक परियोजनाअन्तर्गत संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जाल दाङले दीप प्रज्जवलन गरेको हो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशीराम चौधरीले द्धन्द्धपीडितहरुको घाउँमा शान्तिको अनुभुति हुने गरि सरकारले कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका थिए । दीप प्रज्जलन कार्यक्रमको बारेमा महिला कानुन र विकास मञ्चकी प्रतिनिधि गोमा महराले जानकारी गराएकी थिइन । उनका अनुसार सस्थाले बर्षेनी विश्व शान्तिका अवसर पारेर बर्गदीमा दिप प्रज्वलन गर्ने गरेको छ ।

दीप प्रज्जवल कार्यक्रममा ज्लिला बार इकाई प्रतिनिधि किरण पौडेल, सञ्जालकी सदस्य प्रेमा गैरे, द्धन्द्धपीडित द्रोपत्ता न्यौपानेलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालका संयोजक प्रकाश चौधरीले गरेका थिए । दीप प्रज्जवलन गर्नुअघि घोराही उपमहानगरपालिका वडा नं. १७ ले द्धन्द्ध पीडित परिवारहरुको लागि छुट्याएको निशुल्क विमा कार्यक्रमका बारेमा छलफल गरिएको छ ।

वडाले छुट्याएको बजेट र अहिलेसम्म के कतिले सेवा लिए भन्ने बारेमा सस्थाले वडा अध्यक्षसँग वान टु वान छलफल गरेको महिला कानुन र विकास मञ्चकी प्रतिनिधि गोमा महराले जानकारी दिएकी छिन । छलफलमा वडा अध्यक्ष चौधरीले सशस्त्र जनयुक्त र जनआन्दोलनका क्रममा घाइते,अपांग र मृत्यु भएका व्यक्तिहरुको परिवारको बिमा निशुल्क गरिदिनका लागि दुई लाख रुपैया वडाबाट छुट्याएको जानकारी गराएका थिए । उक्त कार्यक्रममा जनप्रतिनिधि,मञ्चका सदस्य, द्धन्द्धपीडित, बारका प्रतिनिधि,पत्रकार,स्थानीयलगायतको सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*