Home / Feature Breaking news / तुलसीपुरमा छोरीलाई साईकल

तुलसीपुरमा छोरीलाई साईकल

तुलसीपुर, ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मीला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्यनरत सरीता पुनलाई साईकल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा यूएनडिपी प्रतिनिधी लाबेले साईकल वितरणले छोरीलाई समयमै स्कुलसम्म पुर्याउनका लागि सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि सहयोग पुग्ने बताउनुभयो । विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधी लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिए ।

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । साईकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पुर्वाधार विकासलाई पनि संगसंगै लैजाने उहाँले बताउनुभयो । साईककलको माध्यमबाट छोरीलाई शिक्षा र पढाईमा अघि बढाउने बताउँदै विश्वव्यापी रुपमा भएको वतावरण प्रदूर्शनलाई पनि साईकल यात्राले न्युनिकरण मद्धत पुग्ने बताए ।

तुलसीपुर उपमहानगरपालिका उप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएलका रमेश श्रेष्ठ, किशोरीको तर्फबाट सरिता पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गरेका थिए ।

पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो बर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साईकल बितरण गरेको थियो ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्यन गर्ने र घरदेखि स्कुलको दुरी आधाघन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साईकल बितरण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*