Home / Feature Breaking news / ३ करोडको लागनीमा प्राकृतिक अस्पताल

३ करोडको लागनीमा प्राकृतिक अस्पताल

 

दाङ,३० फागुन । प्राकृतिक पद्धतिवाट उपचार गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक निजी क्षेत्रवाट ठुलो लगानीमा अस्पताल सञ्चालनमा आउने भएको छ । करिव ३ करोड बढिको लगानीमा  घोराही उपमहानगरपालिका वडा नं. १० दक्षिण अम्राईमा वेलनेश अस्पताल सञ्चालन आउन थालेको हो ।

 

करिव एक विगाह सात कट्ठा जमिनमा सञ्चालन आउन थालेको वेलनेस प्राकृतिक चिकित्सालयमा प्राकृतिक पद्धतिवाट उपचार गरिने डा.उमेश केसीले बताए । अस्पतालमा  पञ्च तत्वहरु हावा,पानी, माटो, अग्नी र आकाशका माध्यमवाट बिरामीहरुको उपचार गरिने डा. केसीले बताए ।

 

पञ्च तत्वका माध्यमवाट खास गरि नसर्ने रोगहरुका साथै पाईल्स, गेष्टिक, पिनास, माइगेन्ट, दम, पक्षघात, हड्डी तथा नशालगायतका विभिन्न प्रकारका रोगीहरुको हस्पीटलमा उपचार गरिने छ । ‘अहिले प्राय विरामीहरु एलोपेथिक उपचारमा विश्वास गर्छन । र, त्यही अनुसार अस्पताल जाने गरिरहेका छन’,डा.केसीले भने,‘ एलोपेथिक अस्पताल भन्दा यो विभिन्नै खाले अस्पताल हो, यहाँ प्राकृतिक रुपमा विरामीको उपचार गरिनेछ ।’ एलोपेथिक अस्पतालहरुको तुलनामा खर्च समेत कम लाग्ने उनको भनाई रहेको छ ।

 

अस्पताल एक बर्षभित्रै सञ्चालनमा आउने गरि निर्माण हुने अस्पतालका सञ्चालक छविनारायण पुरीले जानकारी दिए । प्राकृतिक पद्धतिले उपचार गर्न टाढाटाढा जाने विरामीहरुलाई जिल्लामै उपचारको सुविधा पु¥याउने उद्देश्यले हस्पीटल सञ्चालनमा ल्याउन थालेको सञ्चालक गिरीको भनाई छ । उनका अनुसार अस्पतालमा एकै पटक ४०देखि ५० जनासम्म विरामीहरुको उपचार गर्न सकिने व्यवस्था रहेको छ ।

as

 

त्यसका लागि अस्पतालमा एमडी र एमबिबिएस लेवलका डक्टरहरुको व्यवस्था अस्पतालमा रहने समेत उनले बताए । ‘प्राकृतिक पद्धतिवाट उपचार गर्न अहिलेपनि मानिसहरु नवलपरासीदेखि छिमेकी देश भारतसम्म जाने गरेका छन । त्यहाँ उनीहरुले ठूलो मात्रमा धन पैसा खर्च हुने गरेको छ’,सञ्चालक गिरीले भने,‘बिरामीहरुलाई बाहिर जानुपर्ने बाध्यता हटाउँदै जिल्लामै उपचार दिने उद्देश्यले अस्पताल सञ्चालन गर्न थालेका छौँ ।’ अन्य उपचार पद्धतिका तुलनामा यहाँ फरक तरिकारले उपचार हुने उनको भनाई छ । यसले मानिसहरुलाई आर्थिक रुपमा सहुलियत हुनकासाथै प्राकृतिक उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउने उनको विश्वास रहेको छ ।

 

अस्पतालका सञ्चालक छविनारायण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेयले अस्पतालको उदघाटन गरेका थिए । कार्यक्रममा  दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष टंक बुढाथोकी, उद्योग बाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष आरके शितललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*