Home / समाचार / विप्लवको वन्दले दाङको जनजीवन प्रभावित

विप्लवको वन्दले दाङको जनजीवन प्रभावित

दाङ,३० फागुन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल वन्दका कारण आज विहीवार विहानैदेखि दाङ लगाएत यसका आसपाको जनजीवन प्रभावित भएको छ । वन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग र बजार संचालनमा आउन सकेका छैनन् ।

बन्दका कारण जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुलगायतका क्षेत्रमा रहेका बजारहरु विहानैदेखि बन्द रहेका छन । जिल्लामा कुनै रुटमा सवारीसाधानहरु चल्न नसकेको प्रहरीले जनाएको छ । सामन्य रुपमा मोटरसाइकल, अटोलगायतका सवारी साधनहरु चलेका छन । बन्दको समयमा हुन सक्ने सम्भावित खतरालाई रोक्न प्रहरीले उच्च सतकर्ता अपनाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*