Home / खेलकुद / १० खेलाडीमा सिमित फ्रान्सले ३–२ गोलले हरायो, इङ्ल्यान्डलाई

१० खेलाडीमा सिमित फ्रान्सले ३–२ गोलले हरायो, इङ्ल्यान्डलाई

१० खेलाडीमा सिमित भएर पनि फ्रान्सले ३–२ गोलअन्तरले इटालीलाई पराजित गरेको छ। गएराती पूर्व विश्व विजेता दुई टोलीबीच भएको खेलमा ४७ मिनेटमा फ्रान्सले राफायल भार्नेलाई गुमाएको थियो।

इङ्ल्यान्डले खेल सुरु भएको ९ मिनेटमै अग्रता बनाएको थियो, जब कप्तान हेरी किनले रायन बेरट्रान्डको उत्कृष्ट क्रसमा गोल गरेका थिए। तर, त्यो अग्रता लामो समय टिकेन। फ्रान्सका लागि सामुअल उम्टिटीले २२ मिनेटमा गोल फर्काए। अझ, डिजिब्रिल सिडिबेले ४३ मिनेटमा अर्को गोल थपेपछि फ्रान्सले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो।

दोस्रो हाफमा डाले अलीसँग आफ्नो डिबक्समा जुध्न पुगेपछि भार्ने रातो कार्ड पाएर मैदानबाट बाहिरिए भने इङ्ल्यान्डले पेनाल्टीको अवसर पायो। जसलाई कप्तान किनले पुनः गोलमा परिणत गरे। किन टोटेनहामका यस्ता भाग्यमानी खेलाडी हुन, जसले २०१३ मा जेरेमिन डिफोले सान मोरिनोलाई एउटै खेलमा दुई गोल गरेपछि अन्तर्राष्ट्रिय खेलमा दुई गोल गर्ने इतिहास रचे।

तर, उनको दोस्रो गोल त्यतिबेला ओझलमा पर्यो, जब बोरुसिया डर्टमुन्डका स्ट्राइकर डेम्बेलेले ७८ मिनेटमा निर्णायक गोल गरे। फ्रान्सका लागि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा, डेम्बेले र १८ वर्षीय मोनाकोका स्ट्राइकर काइलियान माबापेले उत्कृष्ट प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*