Home / समाचार / अपराध रोक्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

अपराध रोक्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

दाङ,११ कार्तिक। शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । समाजमा हुने अपराधिक गतिविधिहरुलाई निरुत्साहित गर्दै सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले राष्ट्रव्यापी रुपमा आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमले समुदायसँग मिलेर समाजमा हुने हत्या,हिंसा,बलात्कारलगायतका अपराधिक गतिविधि नियन्त्रण गरि समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्माले बताए । विगतमा सञ्चालन भएका ‘प्रहरी मेरो साथी’, ‘टोल टोलमा प्रहरी’ लगायतका कार्यक्रमहरु जस्तै यो कार्यक्रमले समाजमा जघन्य अपराधका घट्ना नियन्त्रण गर्न नेपाल प्रहरीलाई सघाउँ पु¥याउने उनको भनाई थियो ।police

अहिले दाङसहित देशका ७७ वटै जिल्लामा एक साथ कार्यक्रम सञ्चालन भएको भन्दै शर्माले कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरे । कार्यक्रमको एक समारोहका बीच जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले उदघाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नेपाली कार्यक्रममाले समाजमा शान्ति सुरक्षा कायमसँगै समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने बताएका थिए । उनले शान्ति सुरक्षा बिना समाजको समृद्धि हुन नसक्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख सिता सिक्देल न्यौपानेले समाजमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा प्रदान गर्न कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन स्थानीय तहवाट आफुहरुले सहयोग गर्न तयार रहेको बताइन । जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुलाई प्रहरी निरिक्षक राजन गौतमले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आरके सितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*