Home / Feature Breaking news / घाेराही मेयर कपमा वडा नम्बर १० काे लगातार दाेस्राे जीत

घाेराही मेयर कपमा वडा नम्बर १० काे लगातार दाेस्राे जीत

दाङ,२३ पुस । घोराहीमा जारी पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको चौथो दिन शनिवार भएका खेलमा वडा नम्बर १३, ४, १० र ६ विजयी भएका छन् । शनिवार विहान भएको लिग चरणको ११ औँ खेलमा वडा नम्बर १३ ले वडा नम्बर २ लाई २–० गोलले पराजित गरेको छ । समूह सि मा रहेको वडा नम्बर १३ ले पहिलो जीत निकाल्दै ३ अंक जोडेको छ ।

यसअघि वडा नम्बर १ लाई जितेको वडा नम्बर २ हारसँगै दवावमा परेको छ । वडा नम्बर १३ भने पहिलो खेलमा जित निकाल्दै अंग जोड्न सफल भएको छ । यसैगरी लिगको १२ औँ खेलमा वडा नम्बर ४ ले वडा नम्बर ११ लाई २–१ गोलले पराजित गरेको छ । समूह ‘डि’ मा रहेको वडा नम्बर ४ पहिलो खेलमा पराजित हुँदा अंक बिहीन थियो । दोश्रो खेलमा जित निकाल्दै ३ अंक जोड्न सफल भएको हो । प्रतियोगिताका दुई खेलमा लगातार हार व्यहोरेको वडा नम्बर ११ लिगबाट बाहिरने अवस्थामा पुगेको छ ।

शनिवार दिउँसो भएको लिग चरणको १३ औँ खेलमा वडा नम्बर १० ले जित हासिल गरेको छ । वडा नम्बर १० ले वडा ९ नम्वर वडालाई ४–३ गोल अन्तरले पराजित गरेको हो । दुई खेल खेली सकेको वडा नम्बर १० ले स्पष्ट जीत निकाल्दै ६ अंकका साथ समुह ‘ए’ मा अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वडा नम्बर ९ ले एक खेलमा बराबरी र एकमा हार व्यहोरेसँगै लिगमा १ अंक बनाएर बाहिरिने अवस्थामा पुगेको छ ।

लिग चरणको १४ औ खेलमा वडा नम्बर ६ ले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ । समूह ‘बि’ मा रहेका यी टीमबीच शनिवार भएको अन्तिम खेलमा वडा नम्बर ७ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले ३ अंक जोडेको छ भने वडा नम्बर ७ पहिलो खेलमा जित र आजको खेलमा हारपछि दवाबमा परेको छ ।

प्रतियोगिता अन्तरगत आयतवार विहान १५ औँ खेलका रुपमा बिहान पहिलो खेल वडा नम्बर १ र ३ र १६औँ खेलका रुपमा दोश्रो खेल वडा नम्बर १४ र १५ बीच खेल हुनेछ । त्यस्तै दिउँसो १७औँ खेलका रुपमा वडा नम्बर ८ र १० तथा १८औँ खेलमा वडा नम्बर १८ र १७ बिच खेल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*