Home / Feature Breaking news / मैत्रीपूर्ण भलिबल प्रतियाेगीतामा पत्रकार महासंघको टीम विजयी

मैत्रीपूर्ण भलिबल प्रतियाेगीतामा पत्रकार महासंघको टीम विजयी

घोराही, २३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिवलमा नेपाल पत्रकार महासंघ दाङ शाखाको टीम विजयी भएको छ ।घोराहीस्थित मेचीकाली स्कुलमा आज ९शनिबार०भएको मैत्रीपूर्ण भलिबलमा नेपाल पत्रकार महासंघ दाङ र प्याब्सन दाङको टीमबिच भएको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघको टीम विजयी भएको हो।

पत्रकार महासंघको टीमले उक्त खेल २५(१७, २२(२५ र २५(१७ ले जितेको छ ।

यसअघि प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा खेलको औपचारिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले प्याब्सनले गर्ने कार्यक्रममा मिडियाले अहम् भुमिका खेल्दै आएको बताउँदै शिक्षामा योगदान दिने काममा रहेको प्याब्सन र समाजमा सुचना प्रदान गर्दै आएको मिडिया बिच सुमधुर सम्बन्ध निरन्तर रहनु पर्ने बताउनुभयो । मित्रवत सम्बन्धले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिने हुँदा यसप्रकारका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरुले प्याब्सनले नेपालको शिक्षा क्षेत्रमा पछिल्लो समय पुर्याएको योगदानले समाज रुपान्तरणमा ठुलो योगदान पुगेको बताउनुभयो । कार्यक्रममा प्याब्सन जिल्ला सल्लाहकार जीवनकुमार आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन जिल्ला सचिव आदिम केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*